सामाजिक सुरक्षा कोषमा १ खर्ब ११ अर्ब रुपैयाँ सङ्कलन

समाचार सारांश
Auto Generated by AI
  • सामाजिक सुरक्षा कोषले जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्ने नीति अघि सारेको छ।
  • कोषमा जम्मा भएको ठूलो रकमलाई आर्थिक विकासमा परिचालन गर्न लगानीको दायरा विस्तार गर्न लागिएको हो।
  • हालसम्म कोषमा २९ लाख बढी योगदानकर्ता सूचीकृत भई २० अर्बभन्दा बढी दाबी भुक्तानी भइसकेको छ।

काठमाडौ  – जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।

कोषमा यही जेठ २० गतेसम्म १ खर्ब ११ अर्ब ७ करोड ५ लाख ८५ हजार रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ । त्यही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्य्त् तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ ।

कोषका चार वटा प्रस्ताव आएकामा दुई वटा प्रस्तावमाथि छलफल भइरहेको छ । देशको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा सङ्कलन भएको प्रस्तावलाई अगाडि बढाउन लागिएको छ ।

कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधिकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो । कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ ।

आउँदो आर्थिक वर्षको बजेटले विभिन्न कोषमा रहेको रकमलाई उपयोग गर्ने नीति अख्तियार गरेको छ । निर्देशक रेग्मीका अनुसार कोषमा अहिलेसम्म २३ हजार ४ सय ७६ रोजगारदाता र २९ लाख ५८ हजार ४ सय २९ योगदानकर्ता सूचीकृत भएका छन् । कोषले कुल दाबी भुक्तानी  २० अर्ब ४५ करोड २६ लाख १० हजार ७ सय ३८ गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम ३ अर्ब २३ करोड ५१ लाख २ हजार ९ सय ११ बराबर रहेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षातर्फ रकम २८ करोड ४४ लाख ३० हजार १ सय ८८, आश्रित परिवार सुरक्षा दाबी रकम ३४ करोड ९५ लाख ७३ हजार ३ सय ९८ र अवकाश दाबी रकम १६ करोड ५८ लाख ३५ लाख ४ हजार २ सय ४१ बराबर रहेको कोषका निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै