अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने

समाचार सारांश
Auto Generated by AI
  • नेपाल मेडिकल काउन्सिलले नाम अगाडि अवैध रूपमा डाक्टर लेख्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
  • यस्तो कार्य गर्नेहरूविरुद्ध प्रमाणसहित उजुरी दिन काउन्सिलले सबैमा आग्रह गरेको छ।
  • उजुरी परेका घटनाको आवश्यक छानबिन गरी कानुनी कारबाही अगाडि बढाइने भएको छ।

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो । अब त्यस्तो लेखेको पाइएमा कारबाही गर्ने काउन्सिलले जनाएको छ ।

ऐन विपरीत अवैध रुपमा चिकित्सकको डा. उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता पनि काउन्सिलले आग्रह गरेको छ ।

यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै