बूढी आमाको गुनासो

समाचार सारांश
Auto Generated by AI
  • एउटी बूढी आमा वर्षौँदेखि विदेशिएको छोराको प्रतीक्षामा छिन्।
  • घरका जनावरहरूलाई साथी बनाएर उनी आफ्ना दुःख बाँड्छिन्।
  • छोरा नफर्किने पीडाले आमाको मन दिनहुँ छट्पटिन्छ।

निम्बतरु

बूढी आमा बिहानैदेखि पिँढीमा छिन्।
आँगनमा चल्लाहरू कुदिरहेका छन्।
एउटा बिरालो घाम ताप्दै छ।
घरको कुकुर ढोकामुनि गोलो परेर सुतेको छ।

आमाले तिनैलाई हेरेर भनिन्—
“ए चल्ला हो,
तिमीहरू त बिहान निस्क्यौ भने बेलुकी घर फर्किहाल्छौ।

मेरो छोरोचाहिँ कुन वनमा हरायो कुन्नि?”
चल्लाहरूले माटो कोट्याइरहे।
उनीहरूको संसार दानाभन्दा ठूलो थिएन।

आमाले फेरि भनिन्—
“आन्छु आन्छु भन्थ्यो। आन्छ आन्छ आँदैआन्न !
बाटोमा गाड पडन्छ कि क्या हो?
नत्र यति धेरै वर्ष कसरी लाउँछ र?”
कुकुरले कान हल्लायो।

सायद उसलाई पनि त्यो आवाज चिनेको थियो,
जुन आवाजले वर्षौँदेखि यही कुरा दोहोर्याइरहेको थियो।
आमाले कुकुरको टाउको सुम्सुम्याउँदै भनिन्—
“तँ त ढोकामा बसेर बाटो हेर्छस्,
कहिल्यै देखिनस् र बाबुलाई?
कतै देखेछस् भने भन् है—
तेरी आमा अझै जिउँदै छे भनेर।”

बिरालो विस्तारै उठ्यो,
आमाको काखमा आएर गोलो पर्‍यो।
आमाले उसको ढाड कन्याउँदै लामो सास फेरिन्।
“घरी यता दुखन्छ,
घरी उता दुखन्छ
घुँडा दुखन्छ। ढाड दुखन्छ। आँखा दुखन्छ।
तर सबैभन्दा धेरै मन दुख्छ रेछ।”

आँगनमाथि हावा चल्यो।
कुनै उत्तर आएन।
“तिमीहरू भाग्यमानी रहेछौ,
” आमाले जनावरहरूसँग भनिन्,
“भोक लाग्यो भने कराउँछौ,
दुख्यो भने देखाउँछौ।
मेरो मन कहाँ दुखेको छ,
कसलाई देखाऊँ?”
कुकुर उठेर आमाको खुट्टामा टाँसियो।
चल्लाहरू उनको वरिपरि घुम्न थाले।
बिरालोले आँखा चिम्लियो।
त्यो क्षण आमालाई लाग्यो—
संसारमा उनका कुरा सुन्ने यिनै हुन्।

उनले टाढाको गोरेटोतिर हेर्दै फेरि बर्बराइन्—
“ए बाटो, तैले नै भन त,
कति गाड छन् तेरो छातीमा?
मेरा छोराका पाइला किन यहाँसम्म आइपुग्दैनन्?”
गोरेटो मौन रह्यो।
डाँडापारि साँझ झर्दै गयो।

र बूढी आमा कुकुर,
बिरालो र चल्लाहरूको बीचमा बसेर
आफ्नो एक्लोपनलाई यसरी फकाइरहिन्,
मानौँ दुःख पनि कुनै पाल्तु जनावर हो,
जुन हरेक साँझ उनकै काखमा फर्केर आउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै