सुनछहरी, हेफर र सहिद परिवारले किसानलाई आत्मनिर्भरतर्फ अगाडि बढाए

समाचार सारांश
Auto Generated by AI
  • सुनछहरी गाउँपालिकामा सञ्चालित परियोजनाले किसानलाई उन्नत जातका बाख्रा र आधुनिक खोर वितरण गरेको छ।
  • व्यवसायिक पशुपालनमार्फत ग्रामीण क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ।
  • यस पहलले स्थानीय स्तरमा रोजगारी सिर्जना गरी कृषकको आयआर्जन र जीवनस्तरमा सुधार ल्याएको छ।

हृदय भुसाल रोल्पा ।रोल्पाको सुनछहरी गाउँपालिका को आर्थिक सहयोगमा बिगत चार बर्ष अघि बाट  सञ्चालन गरिएको कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजनाले स्थानीय किसानहरुलाई आत्मनिर्भरतातर्फ अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।
हेफर प्रोजेक्ट नेपाल को साझेदारी तथा सहिद परिवार समाज को सहकार्यमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत चालु आर्थिक बर्षको कार्यक्रम अन्तरगत  सुनछ्हरी गाउँपालिकाका किसानहरुलाई १२६ वटा उन्नत जातका बाख्रा तथा १४ वटा बाख्रा खोर वितरण गरिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा व्यावसायिक पशुपालनलाई प्रवर्द्धन गर्दै किसानहरुलाई आयआर्जनमा आत्मनिर्भर बनाउनु रहेको बताइएको छ।
परम्परागत कृषि प्रणाली र सीमित आम्दानीमा निर्भर रहेका किसानहरुलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रमले बाख्रापालनलाई व्यवसायिक स्वरूपमा विकास गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीयले बताएका छन्। बाख्रा वितरणपछि धेरै किसानहरुले व्यवस्थित खोरमा पशुपालन सुरु गर्दै नियमित आम्दानी बढाउने प्रयास थालेका छन्। उन्नत जातका बाख्रा र आधुनिक खोर व्यवस्थापनले उत्पादन र पालन सहजतामा समेत सुधार आएको बताइन्छ। सुनछहरी गाउँपालिका अध्यक्ष  धन बहादुर पुन ले किसानहरुलाई आत्मनिर्भर र व्यावसायिक बनाउन गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउँदै आएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले ग्रामीण अर्थतन्त्र मजबुत बनाउनुका साथै स्थानीय रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सहिद परिवार समाजका अध्यक्ष  बिसाल खड्का ले किसानहरुको जीवनस्तर सुधार र दीगो आयआर्जनका लागि संस्था निरन्तर सक्रिय रहेको उल्लेख गर्दै बाख्रा वितरण कार्यक्रमले किसानलाई थप उत्साह, आत्मविश्वास र व्यावसायिक सोच विकास गर्न सहयोग पुगेको बताउनुभयो।
कार्यक्रमपछि सुनछहरी गाउँपालिकाका धेरै किसानहरु व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुँदै गएको र यसले स्थानीय स्तरमै आयआर्जनका नयाँ अवसरहरु सिर्जना गरेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै