मोबाइलको लतले किशोर–किशोरीमा ढिला सुत्ने बानीको विकास : अध्ययन

समाचार सारांश
Auto Generated by AI
  • मोबाइलको लतले किशोरकिशोरीमा ढिलो सुत्ने बानी र निद्राको कमी देखिएको छ।
  • पर्याप्त निद्रा नपाउँदा उनीहरूको सिकाइ क्षमता र मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ।
  • अभिभावकले समेत स्क्रिनको प्रयोग घटाउँदै सुत्ने कोठाबाट मोबाइल टाढा राख्ने वातावरण बनाउनुपर्छ।

अमेरिकामा गरेको एउटा अध्ययनले मोबाइलको लतका कारण किशोर–किशोरीहरूमा ढिला सुत्ने बानी विकास भइरहेको देखाएको छ । युनिभर्सिटी अफ क्यालिफोर्नियाको नेतृत्वमा भएको अध्ययनमा सहभागी आधाभन्दा बढी किशोर–किशोरीहरूले सुत्नु अघि कम्तीमा एक घण्टा मोवाइलको प्रयोग गर्ने गरेको पाइएको छ ।

यसले उनीहरूको निद्रा, मानसिक स्वास्थ्य र पढाइमा नकारात्मक असर पारिरहेको जामा पेडियाट्रिक्स जर्नलमा प्रकाशित लेखलाई उद्धृत गर्दै समाचार संस्था सीएनएनले जनाएको छ । पर्याप्त निद्रा नपाउँदा मस्तिष्कले दिनभर सिकेका कुराहरू राम्रोसँग भण्डारण गर्न नसक्ने र भावनात्मक नियन्त्रण कमजोर हुने प्रतिवेदनमा भनिएको छ ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले किशोर–किशोरीहरूलाई हरेक रात आठदेखि १० घण्टा निद्राको सिफारिस गरेको छ । प्रतिवेदनमा विज्ञहरूले यो समस्या समाधान गर्न अभिभावकहरू आफैंले राम्रो उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

अभिभावकको स्क्रिन प्रयोगकै सिको गरेर बालबालिका तथा किशोर–किशोरीहरूले प्रयोग बढाउने गरेको भन्दै अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले पूरै परिवारका लागि मिलेर स्क्रिन प्रयोगसम्बन्धी योजना बनाउन सुझाव दिएको छ । यस्तै सुत्ने कोठाबाट फोन र अन्य उपकरणहरू बाहिर राख्न पनि विज्ञको सिफारिस छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै