
- उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहनेछ।
- कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
- सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा अत्यधिक गर्मी बढेको छ भने पश्चिममा अझै केही दिन तापक्रम बढ्नेछ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको केही ठाउँहरूमा, मधेश, कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
पश्चिम तराईमा केही दिनदेखि गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्जको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा वर्षा भइरहँदा सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका तराई क्षेत्रमा अत्यधिक गर्मी भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिममा अझै केही दिन गर्मी बढ्ने र पूर्वमा केही दिन वर्षा जारी रहने सम्भावना छ ।

























