
- गर्मीका कारण उत्पादन घट्दा र माग बढ्दा अण्डाको मूल्य वृद्धि भएको छ।
- ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५१५ र उपभोक्ताका लागि प्रतिगोटा २५ रुपैयाँ तोकिएको छ।
- कुखुरामा रोग लाग्नु र किसान पेशाबाट पलायन हुनुले उत्पादनमा समस्या आएको छ।
यसअघि ठूलो अण्डा प्रतिक्रेट ४ सय ८५ रुपैयाँ र मध्यम अण्डा ४ सय ३५ रुपैयाँ थियो । दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको संघको भनाइ छ ।
संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरापालन पेशाबाट पलायन हुँदा जनशक्तिको अभाव छ । कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ । अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताउनुभयो ।
अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नुलगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन् । समाचार स्रोत रासस

























