बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन

समाचार सारांश
Auto Generated by AI
  • सरकारले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
  • आम नागरिक, विज्ञ र विदेशमा रहेका नेपालीले यस प्लेटफर्ममार्फत सिधै आफ्ना सुझाव दिन सक्नेछन्।
  • बजेट तर्जुमा प्रक्रियालाई थप पारदर्शी, जनमुखी र समावेशी बनाउने सरकारको मुख्य उद्देश्य रहेको छ।

काठमाण्डौ – सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको हो ।

भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरुवात गरिएको मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझाव सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन् । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ ।

नागरिकले मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img