प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

समाचार सारांश
Auto Generated by AI
  • प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
  • समितिले जेठ ४ गतेसम्म उजुरी आह्वान गर्दै विभिन्न माध्यमबाट गुनासो दर्ता गर्ने व्यवस्था गरेको छ।
  • संसदीय सुनुवाइबाट अनुमोदन भएमा शर्माले ६ वर्ष न्यायपालिकाको नेतृत्व सम्हाल्नुहुनेछ।

– प्रधानन्यायाधीशमा सिफारिस मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिको हिजोको बैठकले १० दिनको समय राखेर उजुरी आह्वान गरेको छ । आजदेखि जेठ ४ गतेसम्म शर्माको विरुद्धमा उजुरीहरू सङ्कलन गर्ने अवधि तोकिएको हो । समितिको सचिवालयमा सिधै वा विद्युतीय माध्यमबाट समेत उजुरीहरू पठाउन सकिने समितिले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत समेत उजुरी पठाउन सकिनेछ । यस्तै नाम किटान गरेर र बेनामे उजुरी समेत पठाउन सकिनेछ । संवैधानिक परिषदको अस्ति बिहीबारको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीशमा नियुक्ति पहिले संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई प्रधानन्यायाधीशमा नियुक्त भएमा मनोजकुमार शर्माले ६ वर्ष न्यायपालिकाको नेतृत्व गर्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

माग र आवश्यकताको आधारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण हुन्छ : नगर प्रमुख श्रेष्ठ

- Advertisement -spot_img
-Advertisement-spot_img