मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै

समाचार सारांश
Auto Generated by AI
  • मध्यपूर्वको युद्धले विश्वव्यापी इन्धन आपूर्ति प्रभावित हुँदा अमेरिकामा मूल्यवृद्धि बढेको छ।
  • महँगी नियन्त्रण बाहिर जाँदा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउन सकेको छैन।
  • युद्धको अनिश्चितताले गर्दा बैंकले तत्काल कुनै परिवर्तन नगरी पर्ख र हेरको रणनीति लिएको छ।

मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै जाँदा अमेरिकी अर्थतन्त्र प्रभावित भएको छ । अमेरिकी केन्द्रीय बैंकले आउँदो बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना उच्च देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

यसलाई विश्लेषकहरूले अहिलेको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशतदेखि ३.७५ प्रतिशतको दायरामा छ । मध्यपूर्वमा चलिरहेको युद्धले विश्वव्यापी तेल आपूर्तिमा असर पारेको छ ।

विशेषगरी इन्धन र ऊर्जा मूल्य बढ्दा अमेरिकामा उत्पादन लागत, यातायात खर्च र दैनिक उपभोग्य वस्तुको मूल्यसमेत वृद्धि भएको छ जसले मुद्रास्फीतिमा थप दबाव सिर्जना गरेको खबरमा उल्लेख छ । अहिले अमेरिकामा मुद्रास्फीति ३.३ प्रतिशत पुगेको छ जुन पछिल्ला झन्डै २ वर्षको उच्च स्तर हो ।

विशेषज्ञहरूका अनुसार ऊर्जा सङ्कटले मात्र नभई आपूर्ति शृङ्खलामा आएको अवरोधले पनि महँगीलाई निरन्तर उच्च राख्न मद्दत गरिरहेको छ । यसले उपभोक्ता खर्च घटाउने सम्भावना बढाएको छ र व्यवसायहरूमा लागत दबाव थपेको छ । यही कारणले अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर घटाउने सम्भावना कम देखिएको हो ।

बैंकका अधिकारीहरूले पनि अहिलेको अवस्थामा ‘पर्ख र हेर’ रणनीति अपनाइरहेका छन्, किनकि युद्धको प्रभाव अझै पूर्णरूपमा स्पष्ट भएको छैन । केही नीति निर्माताहरूले दीर्घकालीन महँगी जोखिम बढ्ने चेतावनी दिएका छन् जसले भविष्यमा ब्याजदर कटौतीको सम्भावनालाई पनि कमजोर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img