तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने अनुमान : सतर्कता अपनाउन आग्रह

समाचार सारांश
Auto Generated by AI
  • आगामी तीन दिन लुम्बिनी र सुदूरपश्चिमका तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • बिहान ११ देखि दिउँसो ४ बजेसम्म घरबाहिर ननिस्कन तथा पर्याप्त पानी पिउन र घामबाट जोगिने सावधानी अपनाउन महाशाखाको सुझाव छ।
  • देशका केही हिमाली भेगमा मेघ गर्जन र चट्याङसहित वर्षा वा हिमपातको सम्भावना रहे पनि अधिकांश ठाउँमा गर्मी कायमै रहनेछ।

काठमाण्डौ – जल मौसम पूर्वानुमान महाशाखाले अबका केही दिन मधेश तथा तराईका विभिन्न ठाउँमा तापक्रम ४० डिग्री भन्दा माथि पुग्ने जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन निकालेर अबको ३ दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने भन्दै सतर्क रहन आग्रह गरेको हो । अबका ३ दिनसम्म कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

साथै बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । ती क्षेत्रमा पनि आवश्यक सावधानी अपनाउन महाशाखाको आग्रह छ । देशभर गर्मी बढ्दै गएको छ । तराई तथा मधेश क्षेत्रमा यसको प्रभाव थप बढेको छ ।

महाशाखाका अनुसार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अत्यधिक गर्मी हुने भएकोले यो समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव छ । केही ठाउँमा पानी पर्ने सम्भावना भए पनि धेरै ठाउँमा गर्मी हुने भएकाले प्रशस्त मात्रामा पानी पिउन, हल्का, पातलो तथा उज्यालो रङका कपडा लगाउन, घाममा निस्कँदा टोपी वा छाता प्रयोग गर्न र लामो समयसम्म घाममा काम गर्नुपरेमा बीच/बीचमा आराम गर्न महाशाखाले आग्रह गरेको छ ।

नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हिमाली भू–भागमा बादल लाग्नेछ । देशका हिमाली भागका एक/दुई ठाउँमा मेघ गर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img