
- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि वैशाख ११ गते निर्वाचन हुँदैछ।
- सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुनेछ।
- निर्वाचनका लागि बिहीवार मतदाता नामावली प्रकाशन र शुक्रवार उम्मेदवारी दर्ता गरिनेछ।
काठमाण्डाै – नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि आउँदाे शुक्रवार वैशाख ११ गते चुनाव हुने भएको छ । निर्वाचन समितिले संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने जानकारी गराएको हो ।
चुनावका लागि वैशाख १० गते बिहीवार दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्ने, शुक्रवार बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारको दरखस्त लिने र शुक्रवार दिउँसो साढे ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख छ ।

























