इरानले हर्मुज जलमार्ग खुला गरेको घोषणापछि कच्चा तेलको भाउ केही घट्यो

समाचार सारांश
Auto Generated by AI
  • इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ।
  • युद्धविरामको घोषणासँगै ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९८ डलरबाट ८८ डलरमा झरेको छ।
  • इरानको यो कदमको विश्व समुदायले स्वागत गरे पनि अमेरिकाले नाकाबन्दी भने कायमै रहने जनाएको छ।

काठमाण्डौ – इरानले हर्मुजको जलमार्ग व्यावसायिक जहाजका लागि खुला गरेको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ ।

हर्मुज जलमार्गमा तनाव कम हुने सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही कमी आएको हो । अमेरिका–इजरायल र इरानबीच युद्धविरामको बाँकी अवधिका लागि इरानले हिजो हर्मुज जलमार्ग खुला गरेको घोषणा गरेको छ । यो घोषणापछि ब्रेन्ट कच्चा तेलमा प्रतिब्यारेल ८८ डलरमा झरेको छ, जुन घोषणा अघि ९८ डलरभन्दा माथि थियो ।

हर्मुज जलमार्ग इरानको दक्षिणमा रहेको साँघुरो भाग हो, जहाँबाट तेल र तरल प्राकृतिक ग्यास ढुवानी गरिन्छ । अमेरिका र इजरायलले संयुक्त रुपमा इरानमा आक्रमण शुरु गर्नुअघि कच्चा तेलको भाउ प्रति ब्यारेल ७० डलरभन्दा कममा कारोबार भइरहेको थियो । झण्डै तीन महिना अघि गएको फेब्रअरी २२ तारिखमा युद्ध शुरु भएको थियो ।
मार्चमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११९ डलरभन्दा माथि पुगेको थियो । यसबीचमा भाउमा पटक–पटक उतारचढाव भइरहेको छ । विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिका–इरानबीच युद्धविरामको बाँकी अवधिका लागि हर्मुज जलमार्ग भएर आवतजावत गर्ने सबै व्यावसायिक जहाजहरूको लागि मार्ग खुला गरिएको बताउनुभएको छ ।

इरानले हर्मुजको जलमार्ग खुल्ला भएको घोषणा गरे पनि ट्र्याकिङमा थोरै जहाजहरू चलिरहेको देखिएको बीबीसीले जनाएको छ । जहाजहरूले तोकिएको सुरक्षित लेनहरू प्रयोग गर्नुपर्नेछ । अमेरिका र इरानबीचको युद्धविराम यही अप्रिल २२ तारिख अर्थात् बुधबार समाप्त हुँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ । तर उहाँले दुई देशहरूबीच शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमा नाकाबन्दी जारी रहने बताउनुभएको छ । हालै अमेरिका र इरानबीच पाकिस्तानमा भएको वार्ता असफल भएको थियो ।

यद्यपि पाकिस्तानसहितका मध्यस्थकर्ता देशले दोस्रो चरणको वार्ताका लागि निरन्तर पहल गरिरहेका छन् । इरानको पछिल्लो घोषणा इजरायल र लेबनानबीच १० दिनका लागि युद्धविरामको सहमति भएपछि आएको हो ।

इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम सम्झौता पालना गर्ने जनाएको छ । भारत, चीन, फ्रान्स, बेलायतलगायत विश्व समुदायले पछिल्लो कदमको स्वागत गरेका छन् । समाचार स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै