२७ चैत्र २०८२, शुक्रबार
२७ चैत्र २०८२, शुक्रबार

समयको ऐनामा दरार

समाचार सारांश
Auto Generated by AI
  • एउटा रहस्यमय घटनाले गहिरो शून्यता र मौनता छाडेको छ।
  • तीतो यथार्थलाई ढाकछोप गर्ने व्यर्थका प्रयासहरू भइरहेका छन्।
  • घटनाको अस्तित्व अब केवल 'हुनु' र 'नहुनु' बीचको एउटा छाया बनेको छ।

निम्बतरु

त्यहाँ केही त भयो !
जसरी एउटा चराले
आकाशको नीलोपनलाई चिरेर जान्छ—
र पछाडि छाडिदिन्छ
एक मुठी हावाको रित्तोपन।

यो मौनताको कुनै व्याकरण छैन,
यहाँ त केवल
शब्दहरूका हड्डीहरू मात्र छरिएका छन्,
जसलाई “केही होइन” को खास्टोले
छोप्ने व्यर्थ प्रयत्न भइरहेछ।

कुनै भग्न मन्दिरको गजुरमा
अड्किएको घामको झुल्का झैँ,
त्यो घटनाको आभास अझै चम्किरहेछ—
आँखाहरूको बन्द ढोकाभित्र।

इतिहासका थुप्रिएका पत्रहरूमुनि
जब एउटा सत्यले करङ फेर्छ,
तब सन्नाटा पनि चिच्याउन थाल्छ।

के त्यो केवल समयको पदचाप थियो?
वा, कुनै एउटा अस्तित्वको अन्तिम सुस्केरा?
शून्यको यो उत्सवमा,
जहाँ अर्थहरू आफैँसँग डराएर लुकिरहेछन्,
त्यहाँ एउटा रङ पोखिएको छ—
जुन न रातो छ,
न त सेतो,
त्यो त केवल ‘हुनु’ र ‘नहुनु’ को बीचको एउटा धुमिल छाया हो।हो, त्यहाँ केही त भयो—
जसको प्रमाण केवल यो रित्तोपनले बोकिरहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै