रोल्पाका दुई गाउँपालिकामा हेफर र शहिद परिवार नेपालको सहकार्यमा उद्यमशीलता कार्यक्रम प्रभावकारी बन्दै

समाचार सारांश
Auto Generated by AI
  • सुनछहरी र लुङ्री गाउँपालिकामा हेफर प्रोजेक्ट नेपाल र सहिद परिवार समाजको सहकार्यमा कृषि तथा पशुपालन आधारित उद्यमशीलता प्रवर्द्धन भइरहेको छ।
  • यस परियोजनाले महिला, युवा र साना किसानलाई व्यावसायिक उत्पादनमा जोड्दै गाउँमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको निर्भरता घटाउने लक्ष्य लिएको छ।
  • स्थानीय स्रोतको अधिकतम प्रयोग गरी सञ्चालित यस्ता कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै समुदायलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

हृदय भुसाल बुटवल  — सुनछहरी गाउँपालिका र लुङ्री गाउँपालिका मा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी परियोजना अन्तर्गत उद्यमशीलता, रोजगारी तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
हेफर प्रोजेक्ट नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र शहिद परिवार समाज नेपाल को साझेदारीमा सञ्चालित यस परियोजनाले ग्रामीण क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्र निर्माण, महिला सशक्तीकरण तथा युवालाई उद्यमशीलतासँग जोड्ने लक्ष्य लिएको छ।
परियोजना अन्तर्गत मौरीपालन, पशुपालन तथा अन्य कृषि आधारित आयमूलक गतिविधिहरू विस्तार गर्दै स्थानीय किसान, महिला समूह तथा युवाहरूलाई व्यावसायिक उत्पादनतर्फ प्रेरित गर्ने काम भइरहेको छ। यसले गाउँस्तरमै रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारीमा निर्भरता घटाउने अपेक्षा गरिएको छ।
सुनछ्हारी गाउँपालिका अध्यक्ष धन बहादुर पुन किर्तिमान ले यस्ता परियोजनाले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउँदै स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्न सहयोग पुग्ने बताउनु भयो।
सहिद परिवार समाजका अध्यक्ष विशाल खड्का ले करिब रोल्पा जिल्लाका दुई पालिकामा बिगत चार बर्ष देखी संचालित  परियोजनाले विशेषगरी महिला, युवा तथा साना किसानलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै स्थानीय तहसँगको साझेदारीमा कार्यक्रम अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो।
कार्यक्रममा आवद्ध  सहभागीहरूले यस किसिमका परियोजनाले ग्रामीण समुदायमा उद्यमशीलताको संस्कार विकास गर्दै दीगो आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। साथै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै थप घरपरिवारलाई समेट्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।सुनछहरी गाउँपालिका र लुङ्री गाउँपालिका मा हेफर प्रोजेक्ट नेपाल र शहिद परिवार समाज नेपाल को सहकार्यमा सञ्चालित उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमले ग्रामीण समुदायमा आयआर्जन वृद्धि, महिला तथा युवाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। यस किसिमका साझेदारी कार्यक्रमहरूले स्थानीय स्रोत र साधनको उपयोग गर्दै दीगो विकास र रोजगारी सिर्जनामा दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै