व्यक्ति वा दम्पतीको हकमा न्यूनतम आयकरको सीमा १० लाख

समाचार सारांश
Auto Generated by AI
  • आर्थिक विधेयक २०८३ ले आयकर गणनामा व्यक्ति वा दम्पती दुवैको आयलाई आधार मान्ने व्यवस्था गरेको छ।
  • वार्षिक १० लाखसम्मको आयमा १ प्रतिशत कर लाग्नेछ भने १५ लाखसम्मको आयमा १० प्रतिशत कर निर्धारण गरिएको छ।
  • लाखभन्दा बढी आयमा २७ प्रतिशत र ४० लाखभन्दा माथिको आयमा थप २ प्रतिशत अतिरिक्त कर लाग्नेछ।

काठमाण्डौ – सरकारले आर्थिक विधेयक २०८३ मार्फत आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पती दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ ।

यसअघि आयकरका दरहरू निर्धारण गर्दा ‘प्राकृतिक व्यक्तिको हकमा’ भनिएकामा अहिले त्यसलाई संशोधन गरी ‘प्राकृतिक व्यक्ति वा दम्पतीको’ भन्ने शब्दहरू राखिएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै आय वर्षमा प्राकृतिक व्यक्ति वा दम्पतीको १० लाखसम्म करयोग्य आय भएमा एक प्रतिशत कर लाग्नेछ । यसअघि व्यक्तिको वार्षिक पाँच लाखसम्मको रोजगारीको करयोग्य आयमा एक प्रतिकर आयकर लाग्ने गरेको थियो ।

तर, एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरण बापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिमको कर लाग्ने छैन । त्यस्तै, कुनै व्यक्ति वा दम्पतीको वार्षिक आय १० लाखभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भएमा १० लाखसम्म १० हजार र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । यसअघि पाँच लाखदेखि रु सात लाखसम्मको आयमा १० प्रतिशत कर लाग्ने व्यवस्था रहेको थियो ।

आर्थिक विधेयकको व्यवस्थाअनुसार १५ लाखभन्दा बढी तर २५ लाखसम्म करयोग्य आय भएमा १५ लाखसम्म ६० हजार र १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ । यस्तै, २५ लाखभन्दा बढी करयोग्य आय भएमा २५ लाखसम्म दुई लाख ६० हजार र २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत आयकर लाग्नेछ ।

त्यसै गरी ४० लाखभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयमा थप दुई प्रतिशत विन्दुले अतिरिक्त कर लाग्ने आर्थिक विधेयकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट बिजुली दिने

तीजकाे दिन शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

सञ्चार मञ्च पाल्पाको १३ औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न

आज बिहान धेरै ठाउँको मौसम खुल्यो, दिउँसोपछि केही ठाउँमा ठूलो वर्षाको संभावना

आज कुशेऔँसी : मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदै

- Advertisement -spot_img
-Advertisement-spot_img