मन्त्रिपरिषद् बैठक : चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिश, संविधान संशोधनका लागि कार्यदल गठन

काठमाण्डाै – सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आउँदाे बिहीवार चैत १९ गतेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । आज बसेकाे मन्त्रिपरिषद् बैठकले चैत १९ गते दिउँसाे २ बजेका लागि संसद् अधिवेशन बाेलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताउनुभयो ।

यस्तै बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । संविधान संशोधन बहस पत्र तयार गर्न प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको प्रवक्ता पाेखरेलले जानकारी दिनुभयाे ।

प्रवक्ता पोखरेलकाअनुसार संविधान संशोधनका लागि राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको अध्यक्षतामा बन्ने समितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

- Advertisement -spot_img
-Advertisement-spot_img