शून्य समयको साक्षी

निम्बतरु
पहिले समय थियो,
घडी थियो,
मानिसहरू हतारमा थिए,
इतिहास लेखिँदै थियो।
अहिले —
घडी छ,
तर समय छैन।
मानिस छन्,
तर यात्रा छैन।
घटना छन्,
तर अर्थ छैन।
म उभिएको छु
एउटा यस्तो ठाउँमा
जहाँ अतीत आउँदैन,
भविष्य जन्मिँदैन,
र वर्तमान
आफ्नै छायाँसँग डराएर
कुनै कुनामा लुकेको छ।
म देखिरहेको छु —
मानिसहरू बोलिरहेका छन्,
नारा लगाइरहेका छन्,
शंख बजाइरहेका छन्,
मंगल वाचन भइरहेकै छ,
तर समयले
यी सबै सुन्न छोडिसकेको छ।
यहाँ
शहीदहरू मर्छन्,
नेताहरू बोल्छन्,
धर्मगुरुहरू आशिष दिन्छन्,
भीड ताली बजाउँछ —
तर समय
केही पनि लेख्दैन।
किनकि
यो समय होइन,
यो त
शून्य समय हो।
र म?
म नायक होइन,
न साक्षी नै बन्न चाहन्थेँ —
तर इतिहासले सबै ढोका बन्द गरेपछि
म बाध्य भएर
शून्य समयको साक्षी बनेँ।
अब
मसँग भन्नलाई कथा छैन,
लेख्नलाई इतिहास छैन,
विश्वास गर्नलाई भविष्य छैन।
मसँग केवल एउटा कुरा छ —
एउटा लामो, गहिरो, भारी मौनता…
र त्यो मौनताभित्र
म बाँचिरहेको छु
एउटा यस्तो समयमा
जसलाई समय भन्न मिल्दैन।
त्यसैले
म आफ्नो परिचय यसरी दिन्छु:
“म शून्य समयको साक्षी हुँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै