अमेरिकाभित्र टिकटक सञ्चालन गर्नेबारेको नयाँ सम्झौता

अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक अन्ततः नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले आफ्नो अमेरिकी सेवा सञ्चालन गर्न छुट्टै नयाँ कम्पनी स्थापना गरेको हो, जसको धेरै स्वामित्व अमेरिकी लगानी कर्ताको हुने बीबीसीले जनाएको छ ।

यस सम्झौताअनुसार टिकटकको संस्थापक कम्पनी बाइटडान्सको स्वामित्व अब १९.९ प्रतिशतमा मात्र सीमित रहनेछ । बाँकी स्वामित्व अमेरिकी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लिनेछन् । यससँगै टिकटकले पहिलोपटक अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत जानकारी कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा स्पष्ट विवरण सार्वजनिक गरेको छ ।

अब अमेरिकाका टिकटक प्रयोगकर्ताको सबै जानकारी अमेरिकामै रहेको सुरक्षित कम्प्युटर प्रणाली (क्लाउड) मा राखिने खबरमा भनिएको छ । यस नयाँ व्यवस्थापछि चीनका प्राविधिक कर्मचारीहरूको टिकटक अमेरिकामा दैनिक कामकाजमा प्रत्यक्ष पहुँच रहने छैन ।

यो व्यवस्था टिकटकमा मात्र सीमित नरही बाइटडान्सका अन्य भिडियो सम्पादन तथा सामाजिक सञ्जाल सम्बन्धी एपहरूमा पनि लागू हुनेछ । यद्यपि केही राष्ट्रिय सुरक्षा विज्ञहरूले यो सम्झौता दुई वर्षअघि सन् २०२४ मा पारित अमेरिकी राष्ट्रिय सुरक्षा कानूनको मर्मअनुसार पूर्ण रूपमा मिल्दैन भन्ने आलोचना गरेका छन् । यस सम्झौताले २० करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ता र लाखौँ व्यवसायलाई टिकटक प्रयोग गर्न निरन्तर अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img