एक याद र प्रेमकथा

निम्बतरु

यो आकाशले तिम्रो याद दिलाउँछ एक नबिराई
यो यातना हो कि तिमीप्रतिको आशक्तिप्रतिको उग्रता
पहिलो भेटमा जस्तो
घरि आकाश गुलाबी हुन्छ
पहिलो भेटको लाजले रङिएको
घरि आकाश रातो हुन्छ
अतृप्त चाहनाको ज्वालाले जलिरहेको
कहिले रातको निलोमा हराएको हुन्छ
जहाँ तारा पनि तिम्रो आँखा सम्झाउँछ

आज त पहिलोटी रातपछिको नवदुलही झैँ
स्नान गरेर मगमग भएको थियो आकाश
कोमल र थोपा थोपा स्पर्श
पारदर्शी आकाश
आकाश
प्रेमको जस्तै अदृश्य तर अनुभूति हुने उपस्थितिको नाम हो

आकाशले धर्तीलाई कहिल्यै छोएन
बाँध्न पनि सक्दैन
जति छिपिन्छ रात तब
चन्द्रमाको रोशनीमा
एउटा क्यान्डेल पार्टी दिउँ जस्तो
केवल श्वासको आवाज
यो बेला कुनै शब्दहरु आवश्यक छैन
एक त्यस्तो नीलो तृष्णा जसले रातलाई जीवित बनाउँछ
अनि म फेरि अँध्यारोमा
तिम्रो उपस्थितिको गन्ध समात्दै हिड्छु

यतिबेला त मृत्युले पनि आत्मासमर्पण गर्छ
एउटा प्रेमको तरंगले काँप्छ त्यो
एउटा दिव्य ज्योति
जो दुई आत्माको टकरावबाट सृजित हुन्छ एउटा उज्यालो
त्यस्ले मृत्युलाई भस्म बनाउँछ
र सायद हामी पनि
केवल नयाँ रूप, नयाँ नाम, तर एउटै तृष्णा बोकेर फर्किन्छौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img