कांग्रेस पार्टी कार्यालयमा शिक्षक महासङ्घको धर्ना

काठमाण्डाै – प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासङ्घले नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ । महासङ्घ र सरकारबीच विगतमा भएका सहमति अनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासङ्घले पहिलो चरणको आन्दोलन अन्तर्गत कांग्रेस पार्टी कार्यालयमा धर्नामा बसेको हो ।

संसदीय समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको शिक्षा विधेयकमा महासङ्घका मागहरू सम्बोधन गर्न दबाव दिनका लागि आफूहरूले आन्दोलन गरेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार महासङ्घले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने छ । २० गतेसम्म पनि आफ्ना मागहरू पूरा नभए भदौ २१ गते नयाँ आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग गरेको छ । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्था छ । विद्यालय कर्मचारीको पद र वेतन तथा बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको र अव्यावहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासङ्घ आन्दोलित भएको हो ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ गते पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img