राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजनामा तिज गित प्रतियोगिताको हुने

अर्घाखाँची ।नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा अर्घाखाँचीमा जिल्ला स्तरीय खुला तिज गित प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा अर्घाखाँची शाखाको सहजीकरणमा उक्त प्रतियोगिता हुन लागेको हो ।

“सामाजिक न्यायका लागि महिला सशक्तीकरण” भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिता २०८२ साल भदौ ८ गते आइतबारका दिन सन्धिखर्कमा बिहान ११ बजेदेखि सुरु हुनेछ । प्रतियोगितामा विद्यालय, बाल क्लब, युवा क्लब, आमा समूह, विभिन्न संघसंस्था तथा व्यक्ति विशेष समूहले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताका लागि समूह दर्ता मिति भदौ ७ गतेसम्म तोकिएको छ भने दर्ता शुल्क निःशुल्क रहेको छ । प्रतियोगितामा एउटा समूहमा नृत्य र गायन गरी बढीमा १२ जना सदस्य रहन सक्नेछन् । गीतको समय १० देखि १२ मिनेटसम्मको हुनुपर्नेछ भने वाद्यवादनको व्यवस्थापन सहभागी समूहले नै गर्नुपर्नेछ, जसको नम्बर पनि प्रतियोगितामा गणना गरिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने संघका लुम्बिनी प्रदेश सचीव अनिल नेपालीले बताउनु भयो ।

टिम दर्ता तथा थप जानकारीका लागि कार्यक्रम संयोजक तथा प्रदेश सचिव अनिल नेपाली (९८५७०६६६०९) , जिल्ला अध्यक्ष कृष्ण परियार (९८५७०६३१४८) र उपाध्यक्ष नवीन रसाइली (९८४१५९७९०३) लाई सम्पर्क गर्न सकिनेछ । कार्यक्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै