पार्टी एकताका लागी जुटे पाल्पाका:नेकपा माओवादी, समाजवादी र नेपाल कम्युनिष्ट पार्टीका नेताहरु

पदम गैरे पाल्पा । पाल्पामा नेकपा माओवादी, समाजवादी र नेपाल कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पहल सुरु भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र नेकपाका जिल्ला स्तरमा पार्टी एकताका लागि छलफलमा जुटेका हुन् ।

नेपाली प्रगतिशील, साम्यवादी तथा देशभक्त शक्तिहरूबीचको एकता नै क्रान्ति, परिवर्तन र समाजवाद स्थापना गर्ने मुख्य आधार भएको भन्दै पार्टी एकता तथा ऐक्यबद्धताको आह्वान गरिएको जनाएका छन् ।

एकताबद्ध जनशक्ति निर्माण गरेर नयाँ नेपालको राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई सफल बनाउनु आजको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
नेपाली जनताले राजतन्त्र, निरङ्कुशता, अधिनायकवाद र सामन्तवादविरुद्ध ऐतिहासिक संघर्ष गर्दै आएको स्मरण गर्दै अब वर्गीय, सामाजिक, सांस्कृतिक, लैङ्गिक, धार्मिक, भाषिक र क्षेत्रीय समानतामा आधारित समाज निर्माणको चरणमा अघि बढ्नु पर्नेमा जोड दिइएको छ ।

आह्वानमा भनिएको छ, “नेपाली क्रान्तिकारी शक्तिहरूबीचको एकता, समन्वय र ऐक्यबद्धता मात्र समाजवादी समाज निर्माणको मार्ग हो । विभाजनकारी गतिविधि, संकीर्ण स्वार्थ र अविश्वासबाट मुक्त भई एकताबद्ध संघर्षमा होमिनु आजको अपरिहार्यता हो ।”

विगतमा भएका आन्दोलन, परिवर्तन र उपलब्धिहरूलाई जनताले सुरक्षित गर्नुपर्ने आवश्यकता औंल्याउँदै अपिलमा प्रगतिशील शक्तिहरूबीचको आपसी समझदारी र सहकार्यलाई अझ मजबुत बनाउन आह्वान गरिएको छ । साथै, जनताको अपेक्षा पूरा गर्ने गरी सामाजिक न्याय, समानता, लोकतन्त्र र समृद्ध नेपाल निर्माणको साझा लक्ष्यतर्फ अघि बढ्न सबैलाई एकताबद्ध हुन आह्वान गरिएको छ ।

पार्टी एकता सम्वन्धी छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले एकता प्रक्रियाका लागि छलफल जारी रहेको बताए । यसले तीन पार्टी छिटो भन्दा छिटो एकता गरी नागरिकका हितमा काम गर्ने नेता पाण्डेयले बताए । नेकपा समाजवादीका केन्द्रीय सदस्य यादव बहादुर रायमाझीले तीन कम्युनिष्ट एकता प्रक्रियाले कम्युनिष्ट आन्दोलनमा उत्साह ल्याउने बताए । नेकपाका केन्द्रीय सदस्य धिरज सीले नेपालका कम्युनिष्टहरु एकता गरी कम्युनिष्ट पार्टीहरुलाई बलियो बनाउन जरुरी रहेको बताए ।

नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्मा, नेकपा समाजवादीका अध्यक्ष अशोक कुमार शाही र नेकपाका सचिव मीन सीको संयुक्त हस्ताक्षरमा कम्युनिष्ट पार्टीहरु बीच एकताका लागि पाल्पाको आह्वान जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img