आफै झाक्री , आफै धामी” बनेर जनता झुक्याउने नाटक मंचन नगरौ: चौहान

अर्घाखाँची ।”आफै झाक्री , आफै धामी” बनेर जनता झुक्याउने नाटक मंचन गर्ने कार्य बन्द गर्न नेकपा (एस) अर्घाखाँचीका अध्यक्ष एबम सामाजिक एबम राजनैतिक ब्यक्तित्व राम बहादुर चौहानले बतानु भएको छ । लेखन तथा भाषण कलामा  निकै अब्बल र अब्यस्त कुशल युबा नेता राम राम बहादुर चौहानले अर्घाखाँची जिल्लाबाट सार्न लागिएको खानेपानी  कार्यालयको सन्दर्भमा सामाजिक सन्जाल मार्फत यसरि ब्यग्य प्रहार गर्नु भएको छ ।
स्वदेश तथा विदेशमा रहनु भएका आदरणीय अर्घाखाँचीबासी न्यायप्रेमी जनसमुदायहरु !
विगत केहि समय यता अर्घाखाँची जिल्लामा मात्रै होईन , देशव्यापी रुपमा जनताको आखामा छारो हालेर जनता झुक्याउने , स्याबासी पाउने र भोट बटुल्ने नाटक मन्चन गरेको देख्दा मलाई पन्चायतकालिन एकजना वनमन्त्रीद्वारा घटाइएको एउटा सत्य घटना ( नाटक)को याद आयो ।
उनी ( मन्त्रीजी ) हाल दिवंगत भइसकेकाले उनको नाम यहाँ उल्लेख गर्नु त्यति सान्दर्भिक नहोला । चाहे जे होस् , ऊनी साबिक लुम्बिनी अञ्चलको “R” जिल्लाबाट निर्वाचित राष्ट्रिय पन्चायतका सद्स्य थिए । ऊनी पन्चायत कालमा मात्रै होईन , २०४६ साल यता प्रजातान्त्रिक र गणतान्त्रिक दुबै कालमा समेत पटकौ – पटक सदनमा पुगे र मन्त्री समेत भए । प्राय , चुनाव लडेपछी उनले जे जे गरेर भएपनि जित हात पारेरै छाड्थे ।
एकपटक उनी बहालवाला वनमन्त्री भएकै बेलामा राष्ट्रिय पन्चायत सदस्यको चुनावमा उठे । उक्त चुनावमा उनको अबस्था अलि नाजुक थियो । अनि उनले जिल्लाका मुख्य – मुख्य मान्छेहरुलाई आफ्नो मन्त्रालयमा बोलाएर साल , सिसौ र खयरका रुखहरु आफ्नो इच्छा अनुसार फडानी गर्ने , काठको व्यापार गर्ने र दाम कमाउने सल्लाह दिए । उनको सल्लाह मुताविक जिल्लाका सबै महत्त्वपूर्ण मान्छेहरूले यो धन्दा शुरु गरे । अनि उनले सुटुक्क जिल्ला प्रशासन कार्यालय , जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ” फलानो – फलानो ठाँउका, फलानो – फलानो मान्छेलाई पक्राउ गरेर रामधुलाई गर्नु र काठ बिक्रीबाट आएको सबै पैसा असुल गरेर मन्त्रालयमा जम्मा गर्नको निम्ति मलाई बुझाउनु ” भनेर निर्देशन समेत दिए । तिनवटै कार्यालयको मिलेमतोमा उनको निर्देशन बमोजिम सबैलाई पक्राउ गरेर हिरासतमा राखियो , वन मुद्दा चलाएर जेलमा पचाउने धम्की दिइयो , रामधुलाई गरेर मरणासन्न अवस्थामा पुर्‍याइयो र करोडौं रुपैयाँ ऊनीहरुबाट असुली समेत गरियो ।
” मैले पिटेजस्तै गर्छु , तिमीहरु रोएजस्तै गर्नु ” भनेजस्तै पन्ध्र दिनपछि मन्त्रीजी प्रहरी कार्यालयमा आए । अनि सि. डि. ओ . , डि .एस. पी . र वन अधिकृतलाई सङ्गै राखेर थुनुवाहरुको साम्ने ठुलो – ठुलो स्ववरमा थर्काउन थाले , ” मेरा मान्छेहरुलाई किन पक्राउ गरेर थुनेको ? किन यस्तो मरुन्जेल कुटेको ? ल यहाँहरु सबैलाई अहिले छोड ” भनी आफै जिम्मा जमानी बसेर सबैलाई छुटाएर बाहिर ल्याए । अनि खुसुक्क करोडौं रुपैयाँ पनि ब्रीफकेसमा राखेर आफ्नो गाडीमा थन्काउन लगाए । त्यसपछि , सबै थुनुवाहरुलाई बाहिर चौरमा राखेर मन्त्रीजीले भाषण छाट्दै भन्न थाले , “तपाईंहरु सबै जना म मन्त्री नभएको भए पिटाइ खाएर ठानामै मारिनु हुन्थ्यो । बाचिहालेपनि मुद्दा लागेर जेलभित्रै पच्नुहुन्थ्यो । धन्न म मन्त्री भएको बेला पर्‍यो र बच्न सफल हुनुभयो । तपाईंहरु आफैले गल्ती गर्नुभयो । मैले त कसैले थाहा नपाउने गरी गोप्य ढंगले काट्नुहोला र बेचेर दाम कमाउनु होला पो भनेको । तपाईंहरुले त जताततै हल्ला गरेर जङ्गलै रित्तिने गरि काट्नु भएछ । फेरि तपाईंहरु पक्राउ परेको यत्रो दिनसम्म मलाई कसैले पनि भनेन र थाहा पनि पाइन । म पनि मन्त्रालयको कामले अलि व्यस्त हुनुपर्‍यो । हिजोमात्रै थाहा भयो र आज यहाँ आइयो । ठिकै छ , यो पटकलाई सबै जोगिनु भयो । आगामी दिनहरुमा पनि यस्ता समस्याहरुबाट यसरी नै जोगिने हो भने मलाई जसरी हुन्छ , यो चुनावमा पनि जिताएर मन्त्री बनाउनुपर्छ ।” मन्त्रीजीको कुरालाई सबैले गडगडाहट तालिकासाथ समर्थन गर्दै जय- जयकारका नाराहरु समेत घन्काउदै सबै चुनाव प्रचार – प्रसारमा लागे र प्रतिद्वन्द्वीले भन्दा झण्डै दोब्बर बढी मतले मन्त्री जीलाई चुनाव जिताए ।
कति गजबको फट्याइँ , मन्त्रीजी आफैले जनतालाई मन्त्रालयमा बोलाएर रुख काट्न लगाए , काठ बेचेर दाम कमाउन लगाए , आफैले उजुरी गरेर पक्राउ गर्न लगाए , आफैले थुनाएर मरुन्जेलसम्म कुटाए र पैसाभरी असुली गर्न लगाए , अन्तिममा आफैले आएर छुटाएको नाटक मंचन गरे , पैसापनि कुम्ल्याए , भोटपनि कुम्ल्य्याए र चुनावपनि जितेर फेरि मन्त्री पनि भए।
आदरणीय न्यायप्रेमी अर्घाखाँचीबासी आमाबुबा , दिदीबहिनी तथा दाजुभाइहरु !
भनाइको मतलब के हो भने अब हामी सबै हरेक सवालमा सचेत , चनाखो र एकताबद्ध बन्नैपर्छ । मिसन चौरासीलाई केन्द्रित गरेर हाम्रो जिल्लामा मात्रै होईन , देशव्यापी रुपमा मन्त्रीजीले जस्तै विभिन्न ढंगका नाटकहरु मंचन हुन थालेका छन् । ” आफै झाक्री , आफै धामी ।” “आफै सरकारमा , आफै सडकमा ,आफै डेलिगेसनमा अनि माग पुरा गरे – गराएको नाटक मंचन ।” कार्यालय खारेज , डेलिगेसन अनि पुनःस्थापनाको नाटक मंचन । बजेट कटौती , डेलिगेसन अनि बजेट यथावत गरिएको नाटक मंचन । अनि लाटासिधा जनताको आखामा छारो हाल्न सामाजिक संजालमा फोटा , भगेरे अक्षरमा बधाई , स्याबासी र शुभकामना । सरकारमा बसेकाले एकैपटक एक सय रुपैयाँ महङ्गी बढाउने , अनि आफ्ना नेता कार्यकर्ताहरुलाई महङ्गी घटाउन घेराउ , नाराजुलुस, ज्ञापनपत्र र डेलिगेसनको नाटक मन्चन गर्न लगाउने र यसो २/४ रुपैयाँ महङ्गी घटाए जस्तो पनि गर्ने । अनि धुर्त्याई नै नबुझी मख्ख परेर बधाई , स्याबासी र शुभकामनाको ओइरो छुटाउने हामी लाटासिधा जनता । धुर्तहरुले उता नब्बे रुपैयाँ महङ्गी पनि बढाउने , अनि यसो २/४ रुपैयाँ घटाएको बहानामा बधाई , स्याबासी , शुभकामना र उस्तै परे फुलमाला र दोसल्लाले स्वागत र चुनावमा भोट पनि कुम्ल्याउने ।
कार्यालय खारेज गर्ने र आफूलाई मन परेको ठाँउमा सार्ने , अनि आफ्ना नेता कार्यकर्तालाई ज्ञापनपत्र र डेलिगेसनको नाटक मन्चन गर्न लगाउने , त्यसपछि आर्थिक र जिन्सी अधिकार शुन्य भएको एक जना प्राविधिक र एक जना कार्यालय सहयोगी रहेको इकाई कार्यालयको नाममा बोर्ड झुण्ड्याउन लगाएर कार्यालय पुनःस्थापन गरिदिएको नाटक मन्चन गर्ने , अनि बधाई , स्याबासी र शुभकामनाको ओइरो साथै चुनावमा भोटपनि । फिनी चोरी भएको थाहा नपाउने तर गहुँका दाना गन्ने हाम्रो प्रवृत्ति ।
तिनै तहमा करिब दुई – तिहाई भन्दा बढी बाहुल्यता भएको सरकार छ । यो अवस्थामा यदि साच्चै हिम्मत छ , गर्ने चाहना र इच्छाशक्ति पनि छ भने अर्घाखाँची अस्पताललाई सुबिधासम्पन्न मेडिकल कलेजको रुपमा बिकास गर्न रु. २ अरब , पाणिनी बहुमुखी क्याम्पसलाई बहुप्राविधिक शिक्षालयको रुपमा विकास गर्न रु. १ अरब , अर्घा- भगवती विमानस्थललाई संचालनमा ल्याउन रु. २ अरब , बिदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काएर रोजगारीमा लगाउन रु. ५ अरब , सालझण्डी – सन्धिखर्क – ढोरपाटन सडकको निम्ति रु. ३ अरब सुपा देउराली मन्दिरलाई बिकास कोष अन्तर्गत समाबेश गर्न र नरपानी – तिनपाने क्षेत्रलाई चुनढुङ्गा खानीको रुपमा होईन , बृहत पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न रु. ३ अरब ………यही ढंगले जिल्लाका तमाम अन्य अलपत्र अवस्थामा रहेका योजनाहरुमा समेत पर्याप्त बजेट पारौं , पार्न पहल गरौं , बल्ल मन्त्रीजी सितको फोटा हालौ र बधाई , स्याबासी , शुभकामना , फुलमाला र अबिरजात्राको हकदार बनौं ।
यदि होईन भने यो पन्चायतकालिन मन्त्रीको जमाना होईन । यो त गणतान्त्रिक सार्वभौमसत्ता सम्पन्न जनताको युग हो ।अहिले त धेरैले मनोबिज्ञान पनि पढिसक्नु भएको छ । कसैले पनि आफूलाई रत्नपार्क चोकको चटके र जनतालाई चटक हेर्न झुम्मिएका दर्शक नठानौ । हामीले भन्दा बढि जनताले कुरो बुझिसक्नु भएको छ । हाम्रा जुँगा चल्दा जनताले कुरा बुझी सक्नुहुन्छ । बाउन्न पत्तीका त्रिपन्न खेल जनतालाई राम्रोसँग थाहा छ । नाटक भन्दा पनि जनतालाई साचो कुरा बतायौ भने मात्रै हामी सबैको कल्याण हुन्छ । जय अर्घाखाँची, जय जनता !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img