बहुविवाहसम्बन्धी कानून संशोधन गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न आयाेगकाे आग्रह

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले बहुविवाहसम्बन्धी कानून संशोधन गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति निकालेर पर्याप्त छलफल गरेर मात्र कानून संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनुभएको हो । विज्ञप्तिमा बहुविवाहसम्बन्धी कानून कसूर मात्र नभएर मानव अधिकारसँग सम्बन्धित विषय पनि भएको उल्लेख छ ।

कानून संशोधनबाट प्रत्यक्ष र अप्रत्यक्ष दुवै रूपमा बहुविवाहलाई प्रोत्साहन गर्ने र घरपरिवार, समाजमा पर्ने दूरगामी प्रभावबारे पनि बुझ्नुपर्ने आयोगको भनाइ छ ।

आमनागरिकसँग सरोकार राख्ने कानून संशोधन गर्दा सरोकारवालासँग पर्याप्त छलफल गर्न र त्यस विषयमा मानव अधिकारको समेत विषय भएकाले संशोधनको प्रस्ताव गर्दा आयोगबाट उपलब्ध सुझावलाई समेत ध्यान दिन विज्ञप्तिमार्फत आग्रह गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

- Advertisement -spot_img
-Advertisement-spot_img