
निम्बतरु
जुन खुल्ला छ थिचेको अनुभूति दिन्छ
जस्ले दिनसक्थ्यो असीम अन्तरिक्ष
दिनसक्थ्यो उच्चता र संभावना
जस्ले दिनसक्थ्यो अपार आशा
शोषण गर्छ धर्तीबाट नै हुस्सु
र बादल बनाएर बर्साउथ्यो सदाजसो
अरुबेला शोषण गरेर ऊ
तारा,बादल र सूर्यचन्द्रमाको अपार किरण दिन्थ्यो
अचेल आशा देखाएर धोका दिन्छ
अचेल अँध्यारो चुक दिएर तर्साउँछ मात्र
हामीलाई वर्षा आवश्यक थियो
जसकारण
नवीन पोथ्राहरु अंकुराउन सक्थे
फक्रिन सक्थे उत्साहका कोपिलाहरु
तर यसो भएन
गद्दार आकाश
आकाश सदैव आशाको प्रतीक मानिन्छ
खुल्ला,स्वतन्त्र र उज्यालो
उस्को आँखामा आशा थियो
इन्द्रेणी थियो
आँसु थियो
जस्ले सिँचित हुनसक्छ हृदय
तर गद्दार आकाश
जस्ले थिचिरहेछ संसार
विशेष गरेर मलाई थिचिरहेछ हरसमय
गद्दार आकाश ।

























