आज र भोलि उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौ – देशका विभिन्न ठाउँमा पानी परेको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ ।

त्यस्तै इलामको माईखोला, देउमाई, चिसापानीमा जलसतहले सतर्कता तह पार गरेको छ । पर्वतको माेदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास छ । तर बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन भनिएको छ ।

त्यस्तै कास्कीको लुम्लेमा ठूलो वर्षा भएको छ । त्यस्तै लमजुङको भुजुङ क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने खोलाहरूमा बहाव बढ्न सक्ने जोखिम छ । सिन्धुपाल्चोकको गुम्थाङ र बाह्रबिसेमा मध्यम वर्षा मापन भएको छ । ती क्षेत्रबाट बहने खोलामा आकस्मिक बाढीको जोखिम छ । झापाको चन्द्रगढी, अनारमनीमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

कन्काई र मैनाचुली जलमापन केन्द्रमा जलसहत सतर्कता तह आसपास छ । कन्काई, मेची, विरिङ, निन्दालगायतका खोलाहरूमा बाढी र होचा भागमा डुबानको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रमा आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

ओखलढुङ्गा, खोटाङ, धनकुटा र आसपासका क्षेत्रमा पनि मध्यमदेखि ठूलो वर्षा मापन गरिएको छ । स–साना खोलामा आकस्मिक बहाव र पहिरोको जोखिम बढेको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार सक्रिय मनसुनी प्रणालीका कारण आज पूर्वी नेपालदेखि लुम्बिनीसम्म र भोलि पश्चिमी नेपालमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज र भोलि ती क्षेत्रमा उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

नदीकिनार, होचा भाग र पहाडी क्षेत्रका बासिन्दालाई सतर्क रहन, तथा आज र भोलि विशेष गरी पृथ्वी राजमार्ग, बीपी राजमार्ग र बुटवल–नारायणगढ सडकखण्डमा यात्रा नगर्न विज्ञले सुझाव दिएका छन् । देशका अरू ठाउँमा पानी परे पनि मधेश प्रदेशमा भने उल्लेखनीय वर्षा नहुने अनुमान छ । भोलि राति वा पर्सि मङ्कलवार बिहानदेखि देशभरको मौसम क्रमशः खुल्ने सम्भावना छ । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img