पूर्वराष्ट्रपति भण्डारीबाट सक्रिय राजनीतिको सन्देश आउन सक्ने

काठमाण्डौ – एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवस आज मनाइँदैछ ।

मदन भण्डारी फाउन्डेसनले आयोजनामा गर्न लागेको कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति एवम् मदनपत्नी विद्या भण्डारी विशेष अतिथिको रुपमा उपस्थित हुँदै हुनुहुन्छ ।

यही कार्यक्रममार्फत पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न सक्ने भन्दै धेरैले चासोपूर्वक हेरेका छन् ।

एमालेको आन्तरिक जीवनमा समेत यो अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ । पार्टीमा ओलीको एकछत्र प्रभाव कायम रहेको बेला पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा हुनुहुन्छ ।

यसमा ओली र उहाँ निकट नेताहरु विपक्षमा छन् । ओलीको असहमतिकाबीच पूर्वराष्ट्रपति भण्डारीले आजको कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उहाँ निकट नेताहरुले बताएका छन् ।

उहाँ निकट नेताहरुले भण्डारीलाई स्वागत गर्नेगरी पोस्टरसहित प्रचार गरिरहेका छन् । उनीहरूले मदन भण्डारी र जबज जोडेर विद्या भण्डारीलाई एमालेको भावी अध्यक्षका रूपमा प्रचारसमेत गरिरहेका छन् ।

एमालेको संस्थापन पक्ष भने भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने रणनीतिमा छ । गएको बुधवार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपति भण्डारीलाई रोक्ने प्रस्ताव राख्नुभएको थियो ।

एमालेमा विभिन्न कमिटी र जनसङ्गठनहरुको नेतृत्वको दाबी गरेर नपाएका, चुनाव लडेर संस्थापनका उम्मेदवारसँग पराजित भएका तथा पार्टी संस्थापनसँग विमति राख्ने नेता कार्यकर्ताहरुले सङ्गठितरुपमै विद्या भण्डारीलाई पार्टी नेतृत्व लिन दबाव दिइरहेका छन् । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img