पूर्वराष्ट्रपति भण्डारीबाट सक्रिय राजनीतिको सन्देश आउन सक्ने

काठमाण्डौ – एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृति दिवस आज मनाइँदैछ ।

मदन भण्डारी फाउन्डेसनले आयोजनामा गर्न लागेको कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि र पूर्वराष्ट्रपति एवम् मदनपत्नी विद्या भण्डारी विशेष अतिथिको रुपमा उपस्थित हुँदै हुनुहुन्छ ।

यही कार्यक्रममार्फत पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा फर्कने घोषणा गर्न सक्ने भन्दै धेरैले चासोपूर्वक हेरेका छन् ।

एमालेको आन्तरिक जीवनमा समेत यो अर्थपूर्ण प्रतीक्षाको घडी बनेको छ । पार्टीमा ओलीको एकछत्र प्रभाव कायम रहेको बेला पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने तयारीमा हुनुहुन्छ ।

यसमा ओली र उहाँ निकट नेताहरु विपक्षमा छन् । ओलीको असहमतिकाबीच पूर्वराष्ट्रपति भण्डारीले आजको कार्यक्रममार्फत् सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने उहाँ निकट नेताहरुले बताएका छन् ।

उहाँ निकट नेताहरुले भण्डारीलाई स्वागत गर्नेगरी पोस्टरसहित प्रचार गरिरहेका छन् । उनीहरूले मदन भण्डारी र जबज जोडेर विद्या भण्डारीलाई एमालेको भावी अध्यक्षका रूपमा प्रचारसमेत गरिरहेका छन् ।

एमालेको संस्थापन पक्ष भने भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने रणनीतिमा छ । गएको बुधवार बसेको सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विधानमै व्यवस्था गरेर पूर्वराष्ट्रपति भण्डारीलाई रोक्ने प्रस्ताव राख्नुभएको थियो ।

एमालेमा विभिन्न कमिटी र जनसङ्गठनहरुको नेतृत्वको दाबी गरेर नपाएका, चुनाव लडेर संस्थापनका उम्मेदवारसँग पराजित भएका तथा पार्टी संस्थापनसँग विमति राख्ने नेता कार्यकर्ताहरुले सङ्गठितरुपमै विद्या भण्डारीलाई पार्टी नेतृत्व लिन दबाव दिइरहेका छन् । स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धन्चौरमा क्रिकेट प्रतियोगिताको एक कार्यक्रमका बीच उद्घाटन

धन्चौरमा हुने क्रिकेट प्रतियोगिता आज उद्घाटन हुँदै, नगर प्रमुख थापाले उद्घाटन गर्ने

पाथीभरा मन्दिरबाट सार्वजनिक गरियो धन्चौर क्रिकेट प्रतियोगिताका विजेता र उपविजेतालाई प्रदान गरिने ट्रफी

अर्घाको रानीगैरामा राष्ट्रिय जनमोर्चाको बिशाल सांस्कृतिक जनसभा सम्पन्नः विदेशी हस्तक्षेप र संघीयताले देश संकटमा फसेको अध्यक्ष के.सी.को दाबी

मध्यपूर्वमा तनाव थप चर्कियो

- Advertisement -spot_img
-Advertisement-spot_img