राजमो नेता तथा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापालाई पत्नीशोक

गोपाल भट्टराई अर्घाखाँची ।राष्ट्रिय जनमोर्चाका नेता तथा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धि बहादुर थापालाई पत्नीशोक परेको छ । नेता थापाको जीवनसंगिनी तथा राजमो कृयाशिल सदस्य कमरेड पुना थापाको सोमबार ६२ बर्षको उमेरमा निधन भएको हो । अस्वस्थ भै भैरहवा मेडिकल कलेजमा उपचाररत पुनाको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय पुनालाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले पार्टी कार्यालयमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छ । राजमो नेता शेर बहादुर वि.सी.ले पार्टीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली दिनुभएको हो । राजमो अर्घाखाँचीका नेता/ कार्यकर्ता र शुभचिन्तकहरुको उल्लेख्य सहभागीतामा सम्पन्न शोकसभामा बोल्दै राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.ले कमरेड पुनाको निधनले कम्युनिस्ट आन्दोलनलाई ठुलो क्षति पुगेको बताउनुभएको छ । वडाध्यक्ष बुद्धि थापाको श्रीमतीको निधन भएपछि मङ्गलबारको लागि तय भएको भूमिकास्थान नगरपालिकाको १७ औं नगरसभा (बजेट तथा कार्यक्रम) सार्वजनिक गर्ने बैठक समेत बुधबारको लागि सरेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img