इरानसँगको युद्धबारे अमेरिकामै विरोध, युद्ध नियन्त्रणबाहिर जान सक्ने भन्दै राष्ट्रसङ्घको चिन्ता

अमेरिकाले इरानमा प्रत्यक्ष युद्ध शुरू गरेको विषयमा अमेरिकाभित्रै पनि विरोध भएको छ । इरानसँगको युद्धमा इजरायललाई सहयोग गर्दै आएको अमेरिकाले आज बिहान इरानको फोर्दो, नतान्ज र इस्फाहानका परमाणु केन्द्रमा हवाई आक्रमण गरेपछि अमेरिकाको विरोध भएको हो । कैयौं रिपब्लिक नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको तारिफ गरे पनि केही डेमोक्रेट र रिपब्लिकन सांसदहरूले यो निर्णयलाई असंवैधानिक र खतरनाक बताएका बीबीसीले जनाएको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घले इजरायल र इरानबीच बढ्दो सङ्घर्षमा चिन्ता व्यक्त गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले अवस्था निकै खतरनाक भइसकेको र अब यो युद्ध तीव्र गतिमा नियन्त्रणबाहिर जानसक्ने चेतावनी दिनुभएको छ ।

विश्वभरका नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यो कदमलाई लिएर आलोचना गरेका छन् । राष्ट्रपति ट्रम्पले भने शान्ति वार्ताको वातावरण बनाउन आक्रमण गरेको दाबी गर्दै यदि अब पनि इरान शान्ति वार्ताका लागि तयार नभए अझै आक्रमण बढ्ने चेतावनी दिनुभएको छ ।

फक्स न्युजका अनुसार अमेरिकी सेनाले फोर्दोको न्युक्लियर साइटमा ५ देखि ६ वटा बी–२ बम्बर अर्थात् बङ्कर ध्वस्त पार्ने बम खसालेको छ । पहिले फोर्दो न्युक्लिएर साइट नष्ट गर्न २ वटा बङ्कर बस्टरको आवश्यक पर्ने अनुमान गरिएको थियो । अमेरिकाले इस्फाहान र नतान्जमा ३० टमहक क्रुज मिसाइल प्रहार गरेको छ । यिनलाई ४ सय माइल टाढा अमेरिकी पनडुब्बीबाट लन्च  गरेको हो ।

तर इरानले अमेरिकाको यो आक्रमणबाट ठूलो क्षति नभएको र परमाणुसँग सम्बन्धित सबै संरचना पहिल्यै सारिसकिएको दाबी गरेको छ । इरानी परमाणु ऊर्जा संस्थाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अमेरिकी आक्रमणमा परमाणु क्षेत्रमा कुनै प्रकारको रेडिएसन चुहावट नभएको बताएको छ ।

यसैबीच इरानले इजरायलको राजधानी तेल अभिभको विमानस्थलसहित महत्त्वपूर्ण क्षेत्रमा आक्रमण गरेको छ । इरानी सेनाका अनुसार यो आक्रमणमा धेरै शक्तिशाली विष्फोटक पदार्थ राखिएका लामो दूरीका मिसाइलहरूको प्रयोग भएका छन् । हवाई अड्डा, एक बायोलोजिकल रिसर्च सेन्टर, हतियारको केन्द्र र सेनाको कमान्ड क्षेत्रलाई निशाना बनाएको इरानले जनाएको छ ।

इरानको ब्यालेस्टिक मिसाइल आक्रमणमा इजरायलको मध्य र उत्तरी क्षेत्रमा २३ जना घाइते भएका छन् । यस्तै इजरायलले पनि इरानमा मिसाइल प्रहार गरिरहेको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img