जन्मदिनको अबसरमा सामाजिक तथा शैक्षिक ब्यक्तित्व अमृत भट्टराईद्वारा हस्पिटलका बिरामीलाई फलफुल वितरण

हृदय भुसाल अर्घाखाँची । ३६ औं जन्मदिनको अबसरमा सन्धिखर्क नगरपालिका १ हटारी निवासी सामाजिक तथा शैक्षिक ब्यक्तित्व अमृत भट्टराईद्वारा अर्घाखाँची अस्पतालका ४० जना बिरामीलाई फलफुल वितरण गर्नु भएको छ । भुमिकास्थान १० धन्चौरमा बुबा तारापती भट्टराई र आमा सुशीला भट्टराईको कोखबाट बीस २०४६ सालमा जन्मिनु भएका भट्टराईको परिवार सामाजिक परिवारका रुपमा स्थापित भए एक उदाहरणिय परिवार हो । जनजागृति मा.बि धन्चौर बाट मा.बी तहको शिक्षा र जनमैत्री क्याम्पस काठमाडौ बाट ब्यबस्थापन बिसयमा स्नातक तह उतिर्ण गर्नु भएका भट्टराई सानै देखी लगनशिल,अनुसाशित शृजनशिल विद्यार्थी हुनुहुन्थ्यो ।  सामाजिक काममा रुचि देखाउने दिनदुखीलाई समेत सहयोग गर्न सधैं तत्पर हुने भट्टराई सकारात्मक सोच भएका एक गतिशील र उर्जाशिल ब्यक्तित्व हुनुहुन्छ । केहि बर्षदेखि मदरल्याड बोर्डिङ सन्धिखर्कमा अध्यापन गराउदै आउनु भएको छ । जन्मदिनको अबसरमा फजुल खर्च गर्न भन्दा बिरामीलाई फुलफुल बाड्दा समाज बिरामी र सबैलाई सकारात्मक सन्देश जाने हुँदा यसरी फलफुल वितरण गरिएको अमृत भट्टराईले बताउनु भयो । फुलफुल वितरण कार्यक्रम जिल्ला हस्पिटलका प्रमुख डाक्टर जगन्नाथ तिवारीको उपस्थितिमा गरिएको थियो । युबा पुस्ताले यसरी सामाजिक र रचनात्मक कार्य गर्दा सबैतिर सकारात्मक सन्देश जाने भन्दै तिवारीले यस्ता रचनात्मक कार्यले हस्पिटल परिवारलाई समेत काम गर्न उत्साहित बनाउने बताउनु भयो । फलफुल वितरण कार्यक्रममा बुवा तारापति भट्टराई आमा सुशीला भट्टराई  श्रीमती किरण भट्टराई स्वास्थ्यकर्मी  अशोक चौहान,पत्रकार हृदय भुसाल लगायतका सामाजिक ब्यक्तित्व तथा स्वास्थ्यकर्मीहरु उपस्थिती रहेको थियो । जन्मदिनको अबसरमा फलफुल वितरण कार्य गर्दा मालारानी ५ बागिका अमृता चौहान निकै भाबुक हुनुभयो । त्यस संगै अमृत भट्टराईले सानो आर्थिक सहयोग समेत गर्नुभएको थियो । बिरामी चौहानले यस्तो सामाजिक कार्यले आफुहरुलाई निकै उत्साहित बनाएको बताउनु भयो । जन्मदिनको अबसरमा अमृत भट्टराईले परिवार बहिनीहरु तुल्सा सगिता छोरिहरु आयका र आईस्सीलाई पनि सम्झेको र परिवारको राम्रो प्रेरणा मिलेको बताउनु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img