नारायणी नदीले खतराको तह पार गर्‍यो : डण्डा र दुम्कौलीमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – नवलपरासी, चितवन आसपासमा ठूलो पानी परेसँगै नारायणी नदीमा जलसतहले खतराको तह पार गरेको छ । नवलपरासीको डण्डा र दुम्कौली आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

नवलपरासीमा पछिल्लो ६ घण्टामा एक सय ६० मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै कावासोती र गिरिउवारी क्षेत्र आसपासका खोलामा पनि बाढी आउन सक्ने सम्भावना छ ।

गएराति मध्यम वर्षा भएको काठमाण्डौ उपत्यकामा बिहान पानी पर्नेक्रम रोकिएको छ । आज दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भागमा र लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायुको प्रभाव छ । देशको पश्चिमी भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।स्रोत उज्यालो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img