ऐतिहासिक भुमे मन्दिरमा पुर्णिमा विशेष मेला सम्पन्न, धार्मिक पर्यटनको केन्द्र बन्दै

टेकराज भुसाल,अर्घाखाँची।   अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा परम्परागत धार्मिक मेला सम्पन्न भएको छ।

प्राचीनकालदेखि नै धार्मिक आस्था र सांस्कृतिक परम्पराको केन्द्र रहँदै आएको यस मन्दिरमा प्रत्येक वर्ष जेठे अर्थात स्थानीय रुपमा प्रचलित भुमे पूर्णिमाका दिन विशेष मेला आयोजना हुँदै आएको हो।

भुमे देवताको सम्मानमा स्थापना गरिएको भुमे मन्दिरकै नामबाट भूमिकास्थान नगरपालिकाको नामकरण गरिएको हो। यस अवसरमा पालिकाले स्थानीय विदा समेत दिने परम्परा स्थायी रूपमा कायम राखेको छ।

मेला अवलोकनका लागि भूमिकास्थान नगरपालिका भित्रका बासिन्दा मात्र नभई अर्घाखाँचीका अन्य पालिकाहरूका साथै छिमेकी जिल्लाहरू प्युठान, गुल्मी, पाल्पा आदि क्षेत्रहरूबाट समेत हजारौं श्रद्धालु तथा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ।

मन्दिर परिसरमा पूजाआजा, स्थानीय सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्यलगायतका कार्यक्रमहरू सञ्चालन गरिएकाे थियाे। साथै स्थानिय उत्पादनले मेलाको आकर्षण थपेको थियो।

स्थानीयवासीहरूका अनुसार, भुमे देवताको पूजा गर्दा वर्षभरि राम्रो बाली, सुख–समृद्धि र रोग–व्याधिबाट मुक्ति मिल्ने जनविश्वास रहँदै आएको छ।

भुमे मन्दिरमा आयोजना गरिने मेला केवल धार्मिक गतिविधिमा सीमित नरही त्यस क्षेत्रकै पर्यटन, स्थानीय उत्पादनको प्रवर्द्धन र समुदायबीचको एकताको उत्कृष्ट उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

मेलाको व्यवस्थापनमा भूमिकास्थान नगरपालिका, भुमे मन्दिर व्यवस्थापन समिति, स्थानीय टोल सुधार समिति, युवा क्लबहरू, सुरक्षा निकाय र स्वयंसेवकहरूको उल्लेखनीय भूमिका देखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img