गभर्नर नियुक्तिमा ढिलाइप्रति कांग्रेसको संसदीय दलमा सरकारको आलोचना

काठमाण्डौ – राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको बैठकमा सरकारको आलोचना भएको छ । राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले गएको चैत २४ मा अवकाश पाएपछि सरकारले रिक्त गभर्नर पदमा नियुक्ति गर्न सकेको छैन ।

कांग्रेसले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थविद् विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको एक हप्ता बितिसकेको छ । पौडेलले गएको आइतवार नै गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिनुभएको थियो । तर, अहिलेसम्म पनि गभर्नर नियुक्तिका लागि प्रक्रिया अघि नबढेको भन्दै कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामाथि आशंका व्यक्त गरेका छन् ।

हिजो नयाँ बानेश्वरमा बसेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नरबारे कुनै धारणा नराखेको नेताहरुले बताएका छन् । सभापति देउवाले बैठकमा पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह गर्नुभयो । पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सभापति देउवाले राजनीतिमा यस्तै हुने र आफूहरु पनि जेल बसेर आएको पार्टीका सांसदहरुलाई स्मरण गराउनुभयो ।स्रोत उज्यालो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img