हरो


निम्बतरु

म हरो भएँ
तिमीलाई, उस्लाई र देशलाई
फुकालेर फालिदिएको थें बीचमा
लगाएनन् आफूमा
बरु खरानी घस्छन् ।

एकल्टे हुँदा
घर हरो हुन्थ्यो
घर कुर्ने मान्छे थिएन
कैले त
आफै पनि हरो भइन्थ्यो
घरमा कतैपनि नमिल्दा ।

कहिले त दुहुनो भैंसी एकहाते छ भने
कहीं जान परे भैंसी हरो हुन्छ
कैलेंकाँही
त्यतिकै हरो आइलाग्छ
जस्तो नबोलाएको पाहुना
हर‍ो हुन्छ तोरीबारीमा दुबो
नत्र त अन्य समय पूजाआजामा खोज्दै हिड्नुपर्छ
म त यो पनि भइनं
कम्तिमा
भैंसी दुहुनो छ
पाहुनाले पाहुर ल्याउँछ
दुबो पूजामा नभइ हुदैन ।

हुन त
काम नलाग्ने बोझ थपिनु
हरो थपिनु हो
अनावश्यक झञ्झट बेहर्नु हरो बेहर्नु हो
त्याग्न पनि बोक्न पनि नसकिने चीज हरो
पन्छाएर पनि सुख नमिल्ने
यही हरो भएको छु म अचेल ।

आजभोलि मेरो मन मैलाई हरो भएको छ
जस्तो किसानलाई गोरु हरो भयो ट्याक्टर आएपछि
जस्तो बारी हरो भयो छोरो प्रदेशिएपछि
जस्तो बिरालोको घाँटीमा घण्टी
जस्तो मन्दिरमा घाँडो
जस्तो अर्घेलो
म यस्तै भएँ समाजको निम्ति
जस्तो सल्टाउन पनि नसकिने फ्याँक्न पनि नसकिने
हरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै