एउटा ईश्वर तिम्रै छेउबाट गुज्रियो

निम्बतरु

एउटा ईश्वर भर्खरै तिम्रो छेउबाट गुज्रियो
एउटा वसन्त ऋतु आफ्नै आँखा नजिकैबाट फुत्कियो
घाम कति पटक आयो गयो
कछुवा भन्छ
यो खपटाले उच्छार दिएन
कोल्टो फेर्न सकिनँ

यो खोलालाई कस्ले बोकेर दौडिरहेछ यसरी बेस्सरी
यो घामलाई कस्ले लतारिरहेछ
धुलैमैल्यै
यो गुराँस यति धेरै खुशी बोकेर कतिञ्जेल बाँच्ला ?
कस्ले भीरबाट गुल्टाइदियो यो बादललाई
दुम्सी काँडा बोकेर रहेको पहाड
घाँटी कोरिदा पनि रुदैन
तर झोक्राइरहन्छ
थाप्लामा ईश्वर बोकेर पनि दुखी छ कैलाश पर्वत
कछुवा भन्छ
यो खपटाले उच्छार दिएन
कोल्टे फेर्न सकिनँ

एउटा बतास झण्डै छोएर गयो
फेप्रो हल्लियो
एउटा चराले छोएर पनि मलाई दुखेन
एउटा तारा छेवैबाट बेग हानेर गयो
कतै मैले ईश्वरलाई चिन्छु
यो भीडमा ऊ मलाई कतै एउटा किम्ला मान्छ
जस्तो मैले चन्द्रमालाई सजिलै चिन्छु
कतै उस्लाई म छु भन्ने खबर पनि छैन्
कि उस्लाई थाहा छैन् म पनि यता छु भन्ने
त्यसैले
एउटा बादल छेवैबाट गुज्रिएपनि
मलाई अचेल दुख्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img