आजदेखि सुरु हुँदै राजमोको काठमाडौँ केन्द्रित आन्दोलन, देशप्रवासबाट कार्यकर्ताहरू काठमाडौँमा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको आयोजनामा सञ्चालन हुने सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन आज २०८१ चैत २४ गते आइतबारदेखि सुरु हुँदैछ ।

देशैभरिका विभिन्न जिल्ला तथा प्रवासबाट समेत काठमाडौँ आएका ठुलो सङ्ख्याका नेताकार्यकर्तामाझ सो आन्दोलन सुरु हुन लागेको हो ।

राजमो केन्द्रीय कार्यालयका अनुसार पूर्व निर्धारित समय दिउसो २ बजे शान्तिवाटिकामा आन्दोलनको उद्घाटन हुनेछ । सो कार्यक्रम सफल पार्न नेताकार्यकर्तालाई १ बजे नै शान्तिवाटिका पुग्न भनिएको छ ।

कार्यक्रमको उद्घाटन राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले गर्नुहुनेछ ।

उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको अध्यक्षता तथा महासचिव मनोज भट्टको उद्घोषणमा सुरु हुने सो कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि तथा सङ्घीयताको विरोधमा मत राख्ने व्यक्तित्वहरूले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

काठमाडौँ केन्द्रित आन्दोलनलाई सफल पार्न सयौँ कार्यकर्ता काठमाडौँ आइपुगेको तथा अझै ठुलो सङ्ख्यामा नेताकार्यकर्ता बाटोमा नै रहेको राजमोले जनाएको छ ।

भोलि चैत २५ गते चाबहिलमा सभा सम्पन्न हुनेछ । त्यसभन्दा अघि जुलुस प्रदर्शन गरिनेछ । सभाभन्दा अघि वा पछि कोणसभा सम्पन्न गर्ने कार्यक्रम पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img