मैत्री बहुउद्देश्यीय सहकारी संस्था लि. काे शाखा कार्यालय सन्धिखर्कमा उद्घाटन

हिम लेकाली अर्घाखाँची ।  मैत्रि बहुउद्देश्यीय सहकारी संस्था लि. रेसुङ्गा गुल्मिकाे १० औं शाखा सन्धिखर्कमा बिहिवार उद्घाटन भएकाे छ ।

जिल्ला समन्वय प्रमुख जीवनारायण काेईरालाले पानसमा दिप प्रज्वलन गरेर शाखाकाे समुद्घघाटन गर्नु भएकाे थियाे ।
उहाँले सहकारीले जनताकाे अार्थिक तथा सामाजिक जीवन रूपान्तरण गरि जीवनस्तर उठाउन सहयाेग गरेकाे बताउँनु भयाे । सहकारी पारदर्शी र ब्यबस्थित हुँदै उद्यमशिलता ,ब्यवसायिकता र स्वराेजगार तर्फ उन्मुख हुनु पर्ने बताउनु भयाे । संस्थाकाे ईज्जत् प्रतिष्ठा जाेगाउन खराब कर्जा , सहकारि ठगि गर्ने , गलत काम गर्नेहरू संग सहकारि सन्चालकहरू सचेत रहनु पर्ने सुझाउनु भयाे। उहाँले मैत्रीकाे गर्भिलाे ईतिहाँकाे चर्चा गर्दै सफलताकाे शुभकामना ब्यक्त गर्नु भयाे ।
संस्थाका अध्यक्ष शंकर प्रसाद गाैतमकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सन्चालन संस्थाका सचिव हरि प्रसाद पाेख्रेल र स्वागत सह सचिव अाेम कार्कीले गर्नु भएकाे थियाे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले सफलताकाे शुभकामना ब्यक्त गर्दै आफु गुल्मी जिल्लामा सहायक सि .डि.अाे . भएर काम गर्दा काे मैत्री संगकाे सम्बन्धकाे चर्चा गर्दै संस्था लाई यहाँ पनि आफ्नाे त्रफबाट साथ सहयाेग रहने बताउनु भयाे ।कार्यक्रममा नेपाल बार यसाेसियसनका अध्यक्ष के.वि . भुसाल ,सन्धिखर्क नगरपालिका १ का अध्यक्ष माधव श्रेष्ठ ,२ का वडा अध्यक्ष माेतीजङ्ग रायमाझी ,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनाल , सूर्याेदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि .अध्यक्ष शुष्मा श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
संस्थाकाे बिषयमा प्रधान कार्यालयका कार्यकारी अधिकृत अर्जुन प्रसाद आचार्य र अर्घाखाँची शाखा कार्यकारी अधिकृत घनस्याम मरासिनीले प्रकाश पार्नु भएको थियाे ।
यस संस्थाकाे गुल्मी ,रूपन्देही र कपिलवस्तुमा शाखा कार्यालयहरू रहेका छन् ती शाखाहरू संगै अर्घाखाँची खाेलिएकाे सन्धिखर्क शाखा १० अाैं शाखा हाे ।
कार्यक्रममा महिला उद्यमी सहकारी सञ्जाल लुम्बिनी प्रदेश संयाेजक शान्ता पाेख्रेल ,सल्लाहकार दान बहादुर के.सि.भूमि आयाेग अर्घाखाँची विज्ञ सदस्य शम्भु प्रसाद पाेख्रेेल , नेपाल पत्रकार महासंघ प्रदेश काेषाध्यक्ष ,प्रेम आचार्य ,पत्रकार महासंघ अर्घाखाँची काेषाध्यक्ष नवीन के.सि ,सह सचिव बसन्त श्रेष्ठ , बुटवल शाखा संयाेजक डा. गाेकर्णराज पन्थी ,शान्ति कृषि सहकारी संस्थाका नारायण खड्का लगायतकाे अातिथ्य रहेकाे थियाे ।कार्यक्रममा गुल्मी शाखाका कार्यसमिति तथा कर्मचारीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
सहकारीका माध्यमबाट सदस्यहरूकाे आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउने उद्देश्यका साथ याे संस्था २०५७ सालमा गुल्मि तम्घासमा स्थापना गरिएकाे थियाे । हाल यस संस्थाकाे कार्यक्षेत्र साविक लुम्बिनी अन्चलका गुल्मी ,अर्घाखाँची ,पाल्पा ,रूपन्देही , कपिलवस्तु र पश्चिम नवलपरासी जिल्ला रहेका छन् ।
संस्थाले गुल्मीमा मैत्री यातायात ,डेरि उद्योग ,सहकारी सुपथ मुल्य पसल सन्चालन गरेकाे छ भने जीवन आवास सुरक्षा याेजना,स्वास्थ्य सेवामा छुट ,सहकारी शिक्षा ,वित्तिय साक्षरता ,कृषि शिक्षा तथा तालिमकाे ब्यबस्था गरि सहकारी क्षेत्रमा श्रेष्ठता हाँसिल गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

आजदेखि पर्सिसम्म यी ठाउँमा बाढीको मध्यमदेखि उच्च जोखिम

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

लैङ्गिक उत्तरदायी तथा समावेशी शासन सुदृढीकरणका लागि पालिका स्तरीय नीति संवाद सम्पन्न

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

मनसुन अझै कमजोर अवस्थामा, गएराति केही ठाउँमा वर्षा

- Advertisement -spot_img
-Advertisement-spot_img