विदेशमा पढ्नका लागि नेपालबाट ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरियो

काठमाण्डाै – चालू आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४३ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा खुद सेवा आय ३५ अर्ब ४३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

६ महिनामा विदेशीले नेपालमा गर्ने खर्च अर्थात् भ्रमण आय ५ दशमलव १ प्रतिशतले वृद्धि भई ४१ अर्ब ८६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपालीले विदेशमा गर्ने खर्च भने झन्डै १० प्रतिशतले बढेर एक खर्ब एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षाका लागि ५६ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको ६ महिनामा वैदेशिक शिक्षाका लागि ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

यसैबीच गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड  रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति साढे १३ प्रतिशतले वृद्धि भई २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । यो नेपाली इतिहासकै सबैभन्दा धेरै सञ्चिति हो । अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति  १६ अर्ब ८४ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै