अमेरिकाले ९० दिनका लागि सबै वैदेशिक सहायता रोक्यो

अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अहिले कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमवार हस्ताक्षर गर्नुभएको वैदेशिक अनुदान पुनर्मूल्याङ्कनसम्बन्धी कार्यकारी आदेशका आधारमा  ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न जारी गरेको निर्देशनमा प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप बिस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष नबनाउन भनिएको छ ।

आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका लागि गर्ने सहयोगमा रोक लागेको छैन । तर गाजामा मानवीय सहायता र सुडानलगायत विभिन्न देशको भोकमरीको सङ्कटमा सहायता प्रभावित हुने बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित खबर

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
-Advertisement-spot_img

लाेकप्रिय

भर्खरै