नागरिक बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न

 हृदय भुसाल अर्घाखाँची । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भुमिकास्थान १० धन्चौरको तेस्रो बार्शिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भुमिकास्थान नगरपालिका नगर उप प्रमुख बालकृष्ण बन्जाडेले सहकारी सस्थाहरु आर्थिक उपार्जनका कार्यक्रम सहित उत्पादनमा जोडिनु पर्ने बताउनु भयो । उपप्रमुख बन्जाडेले कृषि तथा पशुपालन बाट नै आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्नु पर्ने बताउनु भयो । छोटो समयमा राम्रो काम गरेकोले अझै धेरै कार्यक्रमहरु अगाडि बढाउनु पर्ने त्यसमा नगरको साथ सहयोग रहने उपप्रमुख बन्जाडेले बताउनु भयो । कार्यक्रममा भुनपा १० का वडा सदस्य जनकलाल गैरेले सहकारी संस्थाले अगाडि बढाएका कार्यक्रम महत्त्वपूर्ण रहेका भन्दै सहकारीका सबै कार्यमा वडा कार्यालयको साथ सहयोग रहने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका निबर्तमान सचीव हृदय भुसालले उत्पादन कार्यमा सबै सहकारीहरु हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । उधोग बाणीज्य संघ सितगगा बरिस्ठ उपाध्यक्ष अर्जुन बुढामगरले सबैशेयर सदस्य उत्पादनमा जोडिई आत्मनिर्भर बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस वडा सभापति हेमराज भट्टराई, नेकपा एमाले वडा कमिटी उपाध्यक्ष जित बहादुर नेपाली,एकीकृत समाजबादी वडा कमिटी उपाध्यक्ष बिष्णु चुदाली, जनमोर्चाका प्रतिनिधि युबा नेता बिष्णु भट्टराई, सरस्वती आधारभुत बिधालयका प्रधानध्यापक भोजन गुरुङ ,धन्चौर स्वास्थ्य चौकीका टामकला भट्टराई,सामाजसेबि लेखनाथ पान्डे,समाजसेबि तिलक भट्टराई, समाजसेबि झबीलाल भट्टराई,समाजसेबि मान बहादुर रायमाझी, हातेमालो कृषि सहकारी अध्यक्ष पबित्रा घर्ती,समाबेशी सहकारी अध्यक्ष राधिका गैरे, लगायतले मनतब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सामाजिक ब्यक्तीत्व,तारापती भट्टराई , सुधीर नेपाली,बामदेब गैरे,गिता भुसाल, टानप्रसाद भट्टराई लगायतको आथित्यता रहेको थियो । साधारण सभामा सहकारीको वृद्धि बिकासमा अतुलनीय सहयोग गरेकोमा हृदय भुसाल,भवन निर्माणमा सहयोग गर्ने बामदेब गैरे सहकारीका उत्कृष्ट उद्वमि साबित्रा नेपाली सहकारीका जेस्ठ सदश्य हुमलाल पान्डे गरि ४ जनालाई सम्मान गरिएको थियो । साधारण सभामा सस्थाको बार्शिक प्रगति प्रतिबेदन सस्थाका अध्यक्ष सुभ बहादुर समाल र आर्थिक प्रतिबेदन लेखा समिति समिति सयोजक अमृत भट्टराईले प्रस्तुत गर्नुभएको थियो । उद्घाटन शत्र कार्यक्रम अध्यक्ष सुभ समालको अध्यक्षता डिलाराम पान्डेको स्वागत मनत्ब्य र सचीव नवीन घमको संचाललनमा सम्पन्न भएको थियो । साधारण सभाले विभिन्न महत्त्वपूर्ण प्रस्तावमाथी छलफल गरि आगामी कार्ययोजना सहित महत्त्वपूर्ण निर्णय गरेको दुर्गा भट्टराईले बताउनु भयो । बी.स २०८० सालमा स्थापना भएको उक्त सहकारीले आपनै कार्यालय भवन निर्माण सहकारीको नाममा जग्गा खरिद गरि करिब ५० रोपनीमा कफी खेती कार्यक्रम,प्याज टमाटर खेती कार्यक्रम गरि थोरै भए नि स्वरोजगारी शृजना गर्न सफल भएको । अब तत्कालै विभिन्न नयाँ कार्यक्रम अगाडी बढाउने निर्णय भएको सहकारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने

धन्चौरमा जारी खुला क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन, प्युठान र गुल्मीबीच पहिलो प्रतिस्पर्धा हुँदै

अब काठमाण्डौबाटै अरु जिल्लाको नागरिकता प्रतिलिपि बनाउन सकिने

जथाभावी इनर्जी ड्रिङ्क्स नपिउन खाद्य प्रविधि विभागको आग्रह

धन्चौरमा क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज चार खेल हुँदै, खेलप्रेमीमा उत्साह

- Advertisement -spot_img
-Advertisement-spot_img