सहकारीको रकम हिनामिनामा संलग्न जोकहिलाई पनि कार्बाही हुन्छ:मन्त्री अधिकारी

पदम गैरे पाल्पा ।भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम हिनामिनामा संलग्न जोकोही भए पनि कारबाहीमा पर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले बुधबार बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुँदै उहाँले सहकारीको रकम हिनामिना गर्ने मानिसलाई सरकारले कानुनअनुसार कारबाही गरेरै छाड्ने बताउनुभयो ।

उहाँले कानुन अनुसार सहकारीको रकम हिनामिना गर्नेमाथि सरकारले कारबाही गर्न खोज्दा प्रदर्शन गर्ने, अनुसन्धान प्रभावित पार्न खोज्ने काम गैरराजनैतिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सहकारीको रकम अपचलन गर्नेमाथि कारबाही भएन पनि भन्ने र कारबाही प्रक्रिया अगाडि बढाउँदा प्रदर्शन गर्ने, जुलुस गर्ने काम नसुहाउने काम हो ।’’

देशभर ३१ हजार सहकारी रहेकामा सङ्घीय सरकार मातहतमा झण्डै दुई सय मात्र सहकारी रहेको बताउँदै प्रदेश र स्थानीय तह मातहतका सहकारीको नियमित अनुगमन र नियमन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । अहिले सरकारले समस्याग्रस्त सहकारीको सम्पत्ति बिक्री गरेर भए पनि छ हजार बचतकर्ताको रकम फिर्ता गरेको जानकारी उहाँले दिनुभयो ।

सहकारीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले पहल गरिरहेको बताउँदै त्यसका लागि प्रदेश र स्थानीय सरकारसँग छलफल भइरहेको जानकारी मन्त्री अधिकारीले दिनुभयो । सहकारीमा देखिएको समस्या समाधान गर्न बचतकर्ता, लगानीकर्ता, ऋणी र सरकारको सबैको उत्तिकै दायित्व र भूमिका रहेको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

उहाँले भुमीलगायत अन्य पुराना कानुन विस्थापित गर्न सरकारले नयाँ ऐन कानुन बनाउन पहल गरिरहेको बताउनुभयो । कानुन बनाउने कामको प्रक्रिया पूरा गर्दा केही समय भने लागेको उहाँको भनाइ छ ।

आफूले सम्हालेको मन्त्रालयले देशभरिका पालिकालाई गरिब परिचयपत्र वितरण गर्न पठाए पनि तथ्याङ्क सङ्कलनमा भएको त्रुटीका कारण परिचयपत्र वितरणमा समस्या भएको उहाँले जानकारी दिनुभयो । जो गरिब हो, उसले परिचयपत्र नपाउने अवस्था आएपछि पुनः मन्त्रालयले गरिब पहिचानका लागि अद्यावधिक गर्ने समय दिएको मन्त्री अधिकारीले बताउनुभयो ।

विशेष नापीको जग्गा नाप नक्साङ्कनको काममा स्थानीय तहलाई सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । बजेट र समन्वयको पाटोमा स्थानीय तहले पनि काम गरेको खण्डमा विशेष नापीको काम समयमै सकिने मन्त्रीको भनाइ छ ।
पत्रकार सम्मेलन महासंघका उपाध्यक्ष भरत शर्माको स्वागत, सचिव यज्ञमूर्ति तिमिल्सेनाको संचालन तथा अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img