भैरहवा विमानस्थलमा कतार एअरवेजको आजदेखि दैनिक उडान

काठमाण्डौ – कतार एअरवेजले आजदेखि राजधानी दोहाबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । कतारले दोहा–भैरहवा–काठमाण्डौ रुटमा गर्ने गरी अनुमति लिएको छ ।

दोहाबाट पौने ३ बजे भैरहवा आउने क्यूआर–६४८ उडान नम्बरको जहाज त्यसपछि काठमाण्डौ प्रस्थान गर्ने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

भैरहवामा उडान गर्ने कतार एअरवेज पाँचाैँ कम्पनी हो । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एअर एशियाले भैरहवाबाट उडान थालिसकेका छन् । अब भैरहवामा पाँच वटा वायुसेवाले हप्तामा २४ वटा उडान गर्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम शुरु भएसँगै दैनिक १० घण्टा उडान कटौती भएका छन् । योसँगै भैरहवामा चहलपहल बढेको हो ।

२०७९ सालको जेठदेखि सञ्चालनमा आएको भैरहवामा लामो समय अन्तर्राष्ट्रिय उडान नहुँदा निराश बनेका स्थानीय र व्यवसायी अहिले भने उत्साहित हुन थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद पक्ष रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

कांग्रेसको महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन शुरु

- Advertisement -spot_img
-Advertisement-spot_img