नीति तथा कार्यक्रममाथिको छलफल सकेर आजै पारित गर्ने सरकारको तयारी

काठमाण्डौ – प्रतिनिधिसभा र राष्ट्रियसभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुँदैछ । सरकारले सदनमा पेस गरेको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ ।

संसदीय समितिको कार्यादेशलाई लिएर सत्तापक्ष र विपक्षीबीच सहमति जुट्न नसक्दा सदनको अवरोधकाबीच सरकारले नीति तथा कार्यक्रममाथि छलफल गर्न लागेको हो । सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले संसदीय छानबिन समितिको मागसहित संसद् अवरुद्ध गर्दै आएको छ ।

समितिको क्षेत्राधिकारमा सहमति जुट्न नसकेपछि आजको बैठकमा पनि कांग्रेससहित विपक्षी दलहरुको अवरोध कायमै रहने सम्भावना छ । सरकारले विपक्षीहरूको अवरोधकाबीच नीति तथा कार्यक्रममा छलफल चलाएर पारित गर्ने तयारी गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधले सदनमा पेस हुन सकेको थिएन । अवरोधबीच गएको ८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै सभामा पेस गर्नुभएको थियो ।

आज संसद बैठक बस्नुअघि संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन दलहरु छलफलमा जुटेका छन् । हिजो बसेको कार्यदलको बैठकमा सत्तापक्षले संकटग्रस्त सहकारीमा छानबिन गर्ने गरी कार्यादेश बनाउन सकिने तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटेर जान नसकिने अडान कायम राखेको छ । कांग्रेसले भने गृहमन्त्री लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान दोहोर्याएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

सरकारले बिजुलीमा लगाएको भ्याट हटाउने

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न शुरू

२०औँ एशियाली खेलकुद औपचारिक उद्घाटन

नेपाली कांग्रेस भूमिकास्थान–१० धन्चौरको १५औँ वडा अधिवेशन सम्पन्न

- Advertisement -spot_img
-Advertisement-spot_img