सरकारद्वारा शव व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका स्वीकृत

समाचार सारांश
Auto Generated by AI
  • बाढी र विपद्मा ज्यान गुमाएकाहरूको शव व्यवस्थापनका लागि सरकारले नयाँ निर्देशिका लागू गरेको छ।
  • शवको पहिचान सहज बनाउन फरेन्सिक परीक्षणका लागि नमुना संकलन गर्ने व्यवस्था मिलाइएको छ।
  • दूषित वातावरण र भिडभाडका कारण फैलिन सक्ने संक्रामक रोगप्रति सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ।

काठमाण्डौ – बाढी तथा विपद्मा ज्यान गुमाएकाहरूको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित बनाउन सरकारले नयाँ निर्देशिका स्वीकृत गरेको छ ।

भदौ १० गतेको बाढी तथा विपद्पछि शवहरूको खोजी, पहिचान, भण्डारण तथा परिवारलाई बुझाउने कार्य चुनौतीपूर्ण बन्दै गएपछि सरकारले शव व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गरी लागू गरेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार नयाँ निर्देशिकाअनुसार सबै शवलाई लामो समयसम्म सुरक्षित राख्न सम्भव नहुने भएकाले भविष्यमा पहिचान गर्न सकिने गरी फरेन्सिक परीक्षणका लागि आवश्यक नमुना संकलन तथा सुरक्षित राख्ने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले नयाँ निर्देशिकाअनुसार शव व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा जनावरका शव, सडेगलेका फोहोर तथा दूषित पानीका कारण संक्रामक रोग फैलिन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

अस्थायी शिविरमा विस्थापितहरू एकै ठाउँमा बस्दा रुघाखोकी, इन्फ्लुएन्जा तथा अन्य संक्रामक रोग फैलिन सक्ने भएकाले प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

रसुवाको टिमुरेमा माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार

आज जनैपूर्णिमा पर्व मनाइँदै

८ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन

- Advertisement -spot_img
-Advertisement-spot_img