वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

समाचार सारांश
Auto Generated by AI
  • वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूले माग गरेका छन्।
  • आउटसोर्सिङमार्फत आउने अदक्ष जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने औँल्याइएको छ।
  • आउटसोर्सिङ क्षेत्रको प्रभावकारी अनुगमन र नियमन गर्न सरकारलाई विशेष ध्यानाकर्षण गराइएको छ।

काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमितबाहेकका कामदार अर्थात् ‘आउटसोर्सिङ’ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ्दो आउटसोर्सिङ को व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नेकपा (एमाले) का सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम १५० केडी अर्थात् ७४ हजार रुपैयाँभन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढङ्गले गर्नुपर्ने बताउनुभयो ।

रास्वपाकै सिर्जना श्रेष्ठले आउटसोर्सिङमार्फत निजी क्षेत्रमा आउने अदक्ष जनशक्तिका कारण समस्या सिर्जना भइरहेको उल्लेख गर्नुभयाे ।

बैठकमा सहभागी धेरैजसाे सांसदहरूले आउटसोर्सिङ कम्पनी वा दलालमार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने

अर्घाखाँची डिर्भनामा स्वास्थ्य सेवा घरदैलोमै, ५०० जनाले लिए निःशुल्क उपचार

एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरुको प्रयास

सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img