वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदको माग

समाचार सारांश
Auto Generated by AI
  • वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूले माग गरेका छन्।
  • आउटसोर्सिङमार्फत आउने अदक्ष जनशक्ति व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने औँल्याइएको छ।
  • आउटसोर्सिङ क्षेत्रको प्रभावकारी अनुगमन र नियमन गर्न सरकारलाई विशेष ध्यानाकर्षण गराइएको छ।

काठमाण्डाै – प्रतिनिधिसभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमितबाहेकका कामदार अर्थात् ‘आउटसोर्सिङ’ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिंहदरबारमा आज बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ्दो आउटसोर्सिङ को व्यवस्थापनबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नेकपा (एमाले) का सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम १५० केडी अर्थात् ७४ हजार रुपैयाँभन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढङ्गले गर्नुपर्ने बताउनुभयो ।

रास्वपाकै सिर्जना श्रेष्ठले आउटसोर्सिङमार्फत निजी क्षेत्रमा आउने अदक्ष जनशक्तिका कारण समस्या सिर्जना भइरहेको उल्लेख गर्नुभयाे ।

बैठकमा सहभागी धेरैजसाे सांसदहरूले आउटसोर्सिङ कम्पनी वा दलालमार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img