हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने

समाचार सारांश
Auto Generated by AI
  • बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले आवश्यक लगानी गर्ने भएको छ।
  • उद्योग मन्त्रालयले सेना र सरोकारवालासँग छलफल गरी सञ्चालन मोडालिटी बनाइरहेको छ।
  • दुई दशकभन्दा बढी समयदेखि बन्द उद्योगमा हाल केही मेसिनबाट परीक्षण उत्पादन सुरु गरिएको छ।

काठमाण्डौ — लामो समयदेखि बन्द रहेर केही समयअघि परीक्षण उत्पादन गरेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको बताउनुभयो ।

मन्त्री यादवले नेपाली सेना र सरोकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको छ । साढे दुई दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मतसम्भार गराइरहेको छ ।

गएको साउन २३ गतेदेखि दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादनसमेत थालिएको छ । निरीक्षणका क्रममा उद्योगका ४ सय ८८ मध्ये अहिले १२ वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो ।

चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img