अण्डाकाे भाउ फेरि बढ्याे

समाचार सारांश
Auto Generated by AI
  • नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म मूल्यमा प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि गरेको छ।
  • उत्पादनमा आएको भारी गिरावट र माग अनुसार आपूर्ति हुन नसक्दा मूल्य लगातार बढिरहेको छ।
  • बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा नष्ट भएपछि अण्डाको अभाव भई मूल्य महँगो भएको हो।

काठमाण्डाै – अण्डाको भाउ फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको हो ।

चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डामा प्रतिक्रेट १५ रुपैयाँसम्म भाउ बढेको छ ।

नयाँ मूल्यअनुसार अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मध्यम अण्डा ५३५ रुपैयाँ पुगेको छ । यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरेको सङ्घले जनाएको छ ।

सङ्घले एक हप्ता नबित्दै अण्डाको भाउ फेरि बढाएको हो । यसअघि गएको साउन महिनामा अण्डाको मूल्य चार पटक बढेको थियो ।

अण्डाको उत्पादन घट्दै गएकाले मूल्य लगातार उकालो लागेको व्यवसायीहरूको भनाइ छ । बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्नुपरेकाले उत्पादनमा अत्यधिक गिरावट आएको र माग धान्न धौधौ परेपछि मूल्य बढाउनुपरेको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img