काठमाण्डौमा आज ७ केन्द्रबाट ग्यास वितरण हुँदै

समाचार सारांश
Auto Generated by AI
  • नेपाल आयल निगमले आज काठमाडौंका ७ वटा केन्द्रबाट खाना पकाउने ग्यास वितरण गर्दैछ।
  • उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर नजिकको केन्द्रबाट ग्यास लिन सक्नेछन्।
  • निगमले सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित ग्यास बिक्री गर्न आग्रह गरेको छ।

काठमाण्डौ – नेपाल आयल निगमले काठमाण्डौमा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ ।

आज ७ वटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ । निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् । त्यस्तै, पशु सेवा शाखा, चापली, बूढानीलकण्ठबाट नेपाल, एचपी र मनु, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेष्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया तथा नयाँ बजार/नयाँ बानेश्वरबाट नेपाल, एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ ।

पुरानो जिल्ला प्रशासन कार्यालय परिसर, बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ । त्यस्तै, चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र, कीर्तिपुरबाट नेपाल, एचपी, सूर्य, एभरेष्ट, सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री–वितरण गरिनेछ।

उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । निगमले बिक्री–वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ । यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर बिक्री–वितरण गरेको छ ।

टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी ५ वटा बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

बाढी पीडितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

रसुवा बाढीमा ज्यान गुमाएकाकाे सम्झनामा भदाै २२ गते राष्ट्रिय शाेक मनाउने सरकारकाे निर्णय

देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा

घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने

- Advertisement -spot_img
-Advertisement-spot_img