ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

समाचार सारांश
Auto Generated by AI
  • ग्यास अभाव हटाउन नेपाल आयल निगमले विशेष द्रूत प्रतिकार्य टोली गठन गरेको छ।
  • कुनै पनि ठाउँमा समस्या देखिए टोलीले तत्काल समाधानका लागि पहल गर्नेछ।
  • गुनासो वा समस्या भए उपभोक्ताले हटलाइन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

काठमाण्डाै – नेपाल आयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ‘क्विक रेस्पोन्स टिम’ अर्थात् द्रूत प्रतिकार्य टोली गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजैदेखि काम शुरू गरिसकेको निगमले जनाएको छ ।

बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनेको हो । देशका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टाेलीले तत्काल समाधान गर्नेछ ।

ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । प्राप्त गुनासोका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताले कैयौँ दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन् । काठमाण्डौ उपत्यकासहित विभिन्न शहरमा ग्यास सिलिन्डर साट्न लामो लाइन देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

विद्यालयका खाजा खाँदा जलेकी बालिकाकाे मृत्यु

हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

पेट्रोल–डिजेलको भाउ बढ्यो, ग्यासको यथावत

पर्यटक र व्यावसायिक भिसामा अमेरिका जान नेपालीले ३० लाख रुपैयाँसम्म बुझाउनुपर्ने

- Advertisement -spot_img
-Advertisement-spot_img