ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन

समाचार सारांश
Auto Generated by AI
  • ग्यास अभाव हटाउन नेपाल आयल निगमले विशेष द्रूत प्रतिकार्य टोली गठन गरेको छ।
  • कुनै पनि ठाउँमा समस्या देखिए टोलीले तत्काल समाधानका लागि पहल गर्नेछ।
  • गुनासो वा समस्या भए उपभोक्ताले हटलाइन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

काठमाण्डाै – नेपाल आयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन ‘क्विक रेस्पोन्स टिम’ अर्थात् द्रूत प्रतिकार्य टोली गठन गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजैदेखि काम शुरू गरिसकेको निगमले जनाएको छ ।

बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय, आयल निगम, उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनेको हो । देशका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टाेलीले तत्काल समाधान गर्नेछ ।

ग्यास आपूर्तिसम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र आयल निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । प्राप्त गुनासोका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताले कैयौँ दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन् । काठमाण्डौ उपत्यकासहित विभिन्न शहरमा ग्यास सिलिन्डर साट्न लामो लाइन देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
spot_img
spot_img

सम्बन्धित न्यूज

- Advertisement -
🔊
- Advertisement -spot_img
- Advertisement -spot_img

फेसबुकमा हामी

- Advertisement -spot_img

ताजा समाचार

यस पटक भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७–१८ मा खुवाउने

धन्चौरमा एक लाख राशिको क्रिकेट प्रतियोगिता हुँदै, तयारी तीव्र

धन्चौर देउरालीमा त्रयोदशीका दिन भव्य सराय नाच हुने

मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम आज पनि चल्दै

चितवनको इच्छाकामनामा भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा

- Advertisement -spot_img
-Advertisement-spot_img